जनता टाइम्स

९ भाद्र २०७६, सोमबार २०:०३

रवि लामिछाने छुटेकै दिन आत्महत्या दुरुत्साहन अभियोगमा प्रेमी भए जेल चलान


कञ्चनपुर, भदौं ९ । सञ्चारकर्मीरवि लामिछाने धरौटीमा रिहा भएकै दिन कञ्चनपुरमा भने प्रेमीकालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा एक युवा जेल चलान भएका छन । बुढीगंगा नगरपालिका २ का गणेश थापालाई सोमबार जिल्ला अदालत कन्चनपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

भीमदत्त नगरपालिका–६ महेन्द्रनगर बसपार्ककी लक्ष्मी बुढाले २६ चैत्र ०७५ घरमै विष सेवन गरी आत्महत्या गरेकी थिइन् । छोरीले आत्महत्या गरेपछि लक्ष्मीका बाबु मानबहादुर बुढाले उनका प्रेमी थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए । जिल्ला न्यायाधीश शिवलाल पाण्डेको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।