एजेन्सी, २६ वैशाख । इजरायली लडाकु विमानले गाजा पट्टीमा फेरि बमबारी गरेको छ । इजरायली सेनाले इस्लामिक विद्रोही संगठनका नेताहरूलाई निशाना बनाउन अपरेशन शिल्ड र एरो सुरु गरेको थियो ।
सेनाका अनुसार उनीहरूले तीन इस्लामिक विद्रोही कमाण्डरलाई मारेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यस हमलामा तीनै नेता मारिएका छन् । प्यालेस्टिनी अधिकारीहरूले पनि तीन वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन्।
इजरायली सेनाले उनीहरुलाई वेस्ट बैंकमा रहेका खलील बहटिनी, जाहेद अहनम र तारेक एजेद्दीनको रूपमा पहिचान गरेको छ । एएफपी संवाददाताका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजेपछि हवाई आक्रमण सुरु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्