एजेन्सी, २६ वैशाख । मध्य प्रदेशको खरगोनमा एउटा बस पुलको रेलिङ भाँचेर नदीमा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले भने, ‘बिहान ८ः४० बजे बस दसंगा र डोङ्गरगाउँको बीचमा बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको हो । खोला सुख्खा छ । अहिले पन्ध्र जनाको मृत्यु भएको खबर छ । २० देखि २५ जना घाइते छन् । घाइते सबैलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोनमा मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५०–५० हजार रुपैयाँ र सामान्य घाइतेलाई २५–२५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।












प्रतिक्रिया दिनुहोस्