जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार ०९:५३

खुल्न थाल्यो पर्दा : रविले गरे राजनीतिमा आउने संकेत


चितवन, भदौ १० । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिक जिवन जिउन सक्ने संकेत गरेका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएका लामिछानेले चितवनमा पत्रकारसँग कुरा गर्दै राजनीतिमा प्रवेश गर्ने संकेत गरेका हुन ।

पत्रकारीता आफ्नो पहिलो प्राथमिकता भएको भन्दै राजनीतिक विकल्प पनि खुल्ला रहेको बताउनु भयो । ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन’, राजनीतिमा प्रवेश गर्नुहुन्छ भन्ने प्रश्नमा लामिछानेको भनाई थियो । सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताउदै त्यसबाट नसकिए राजनीति विकल्प बन्न सक्ने उहाको भनाई छ ।

‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ लामिछानेले अगाडी भन्नुभयो, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’