१० भाद्र २०७६, मंगलबार ००:००

हरेक घरमा दिपावली हुने गरी प्रदेशको नाम र राजधानी टुंग्याइन्छ : मुख्यमन्त्री पोखरेल


गुल्मी, भदौ १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्राविधिक परीक्षणका आधारमा राजधानी टुंगो लगाउने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोख्रेलले राजनैतिक हिसावले धेरैका आफ्नै तर्क र चाहाना भएकाले राजधानीको टुंगो लगाउन प्राविधिक मूल्यांकन थालिएको प्रष्ट पार्नुभएको हो ।

‘राजनैतिक हिसाबले धेरै बिलम्ब गर्यौं, अब पछि पर्दैनौं, विज्ञहरुको सुझावपछि निर्णय गर्नेछौ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले यसै वर्षभित्र १२ जिल्लाका जनताको भावना र हरेक घरमा दिपावली हुने गरी प्रदेशको नाम र राजधानी टुंग्याउने प्रष्ट पार्नुभयो ।