काठमाडौं, जेठ ८ । नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुक र जनताको हितमा केही पनि नआएको भन्दै स्वीकार्य हुन नसक्ने निश्कर्ष सार्वजनिक गरेको छ ।
नेकपा एमालेको नीति अनुसन्धान प्रतिष्ठानले पार्टीको तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो निश्कर्ष सुनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष इश्वर पोखरेलले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ, समग्रमा, यो नीतितथाकार्यक्रमले देशको सामाजिक र आर्थिक बिकास गर्न, निराश र हतोत्साहितनिजि क्षेत्रको गुमेको बिश्वास फर्काउन, नागरिकमा देखिएको त्रास र असुरक्षाको भावनाहटाई भरोसा जगाउन र देशले अहिले भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सक्ने देखिदैन । तसर्थ मुलुकको हितमा नदेखिएकोले यो नीति तथा कार्यक्रम स्विकार्य हुन सक्त्तैन ।’
यस्तो छ धारणा
१. सम्माननीय राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकमा वाचन गर्ने नीति तथा कार्यक्रम मूलतः सरकारको आगामी एक आर्थिक वर्षभित्रकार्यान्वयनतथा सम्पन्न गर्ने समग्र कामलाई दिशानिर्देश गर्ने नीतिगत खाका हुनुपर्ने हो । यो स्पष्ट दृष्टिकोण सहित तत्कालका चुनौति एवं समस्या समाधान गर्ने अठोट र कार्यान्वयन गर्ने रणनीति सहित यस्तो नीति कार्यक्रम प्रस्तुत हुन सकेमात्र सरकारप्रतिको विश्वसनीयता, आशा र भरोसा कायम रहन्छ । तर आ.व. २०८०–८१ को यो नीति तथा कार्यक्रमको उद्धेश्य, लक्ष्य, श्रोत परिचालन, कार्यान्वयनको खाका, संयन्त्र तथा उपलब्धीको समयसीमामा सङ्गतिन भएको मात्र होइन, यसले विगतमा नेकपा एमालेले अघि बढाएकाआर्थिक सामाजिक रुपान्तरण र समृद्धिका कार्यक्रम खारेज गरी विकासको श्रृंखला भत्काउने हानिकारक परम्परा सुरु गरेको छ ।
२. यो नीति तथा कार्यक्रमले संघीयताको कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, र संविधान माथि भइरहेको आक्रमणको प्रतिरोध गर्ने आंटसम्म गर्न सकेको छैन भने देशकाआन्तरिक मामिलामा विदेशी हस्तक्षेप रोक्ने, समाजमा बढ्दो अराजकता नियन्त्रण गर्नेतथाआमनागरिकमा फैलिंदो निरासामाआशा जगाउने कुनै काम गर्न सकेको छैन ।
३.यो नीति तथा कार्यक्रमको कुनै सैद्धान्तिकआधार छैन । न त नेपालको संविधानले स्पष्ट दिशानिर्देश गरेको समाजवादउन्मुख राज्यप्रणाली निर्माणको अभिभारा बोक्न सकेको छ न पुंजीवादी आर्थिक सामाजिक प्रणालीअवलम्बन गर्ने घोष्णा गर्न सकेको छ । यो कुनै वैचारिक धार बिनाको खिचडी दस्तावेज मात्र भएको छ ।
४.यसले आजका राजनीतिक, सामाजिक, आर्थिक तथा वाह्य परिवेशका जटिल हुंदै गएका समस्यालाई नजरअन्दाज गरेको मात्र छैन, संकटोन्मूख आर्थिक अवस्थालाई सहज अवस्थामा फर्काउने कुनै नीति वा कार्यक्रमअघि सार्न सकेको छैन । मुलुकको अर्थतन्त्र मन्दीको चरणमा प्रवेश गरेको यथार्थलाई यसले ढाकछोप गरेको छ ।
५. विद्यमानअर्थ राजनीतिक तथा सामाजिक चुनौतिलाई आत्मसात गर्न नसक्दा नीति तथा कार्यक्रमको प्राथमिकता स्पष्ट हुन सकेको छैन । बटुलबाटुल गरेर सबै विषय समेट्न खोज्दा यसको गन्तव्य नै दिशाहीन र अन्योलग्रस्त भएको छ । यो नीति तथा कार्यक्रमको कार्यान्वयनवाटअहिले देशले भोगेका जटिल समस्या संगै संकटोन्मूख भएको अर्थतन्त्र जोगिने कुनै आधार देखिदैन ।
६. यो नीति तथा कार्यक्रमले धेरै वर्ष लगाएर तयार पारेका आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका संरचना ध्वस्त पार्ने काम गरेको छ । कृषिको आधुनिकीकरणमार्फत खाद्य सुरक्षा हासिल गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरणआयोजना, नागरिकको रोजगारीको हक सुनिश्चत गर्न शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न र प्राविधिक धारको शिक्षाको विस्तार गर्न शुरु गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा महिलाहरुको आर्थिक सामाजिक सवलीकरण र सुरक्षाका लागि शुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम जस्ता संविधानप्रदत्त मौलिक हकको प्रत्याभूति दिने कार्यक्रम समेत यसले खारेज गरेको छ ।
७. अहिले सरकारको राजस्वले चालूखर्च धान्ननसक्ने, तलवभत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ताएवं सम्पन्न भइसकेका विकास कार्यको खर्चको भुक्तानी दिन नसक्ने अवस्थामा यो नीति तथा कार्यक्रमले ठूलाठूला नयां आयोजना कार्यान्वयन गर्ने, चालू खर्च बढाउने तथा प्रदेश र स्थानीय तहले गर्ने कार्यक्रम समेत समावेश गरेकाले आगामी दिनमाअझ गहिरो आर्थिक संकट निम्त्याउने र कार्यक्रमको उधारो वाचाले जनतालाई झनै निराशतुल्याउने देखिंदैछ ।
८. यो वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतहुने अनुमान गरेकोमा २ प्रतिशत पनि नपुगेकोे, वैदेशिक व्यापार खुम्चिएर अघिल्लो वर्षको भन्दा १८ प्रतिशतकमभएकोे, निर्यात २५ प्रतिशतले घटेको, यो सरकारले २०८० जेठ ७गते सम्म संकलन गरेको राजस्व (रु ७६९ अर्व) दूईवर्ष अघि संकलित राजस्व (रु ७७१ अर्व) जतिपनिनपुगेको, पूंजीगतखर्च (रु १३० अर्व) दुई वर्ष अघिको स्तरभन्दामाथिहुननसकेको, आधारभुत उपभोग्य वस्तुको मुल्यभने दोहोरो अंकले बढेको र समग्र अर्थतन्त्र मन्दीतर्फ धकेलिएको अवस्थामा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अर्थतन्त्रको यी जटिल अवस्थालाई सम्बोधन गर्नसक्ने देखिंदैन ।
९. यो नीति तथा कार्यक्रम आकारमा लामो तर सारभूत रुपमा खोक्रोे, पालिकाको वडातहले गर्ने सम्मका खुद्रे कार्यक्रम समावेश भएको, वित्तीय संघीयतालाई कार्यान्वयन गर्ने भन्दा साधन स्रोतको केन्द्रिकरण गर्ने, संविधानमा उल्लेखित नागरिकका मौलिक हक कार्यान्वयनमा उदासिनता देखाउने तथा औपचारिकता निर्वाहका लागि राष्ट्रपतिले पढ्ने एउटा कर्मकाण्डी दस्तावेज मात्रभएको छ । यो नीति तथा कार्यक्रमले बिगतमा निर्धारण गरेका लक्ष्य परिवर्तन गरेको, अध्ययनविनाका योजना घोषणा गरेको, नीति तथा कार्यक्रम र बजेट विनियोजन बिच तालमेल मिल्ने सम्भावना नभएको, लक्ष्य, समयसीमा र स्रोत एवं संयन्त्रविना नै हचुवाका भरमा कार्यक्रम घोषणा गरेको कारणले यसवाट कुनै उपलब्धिको अपेक्षा गर्न सकिंदैन ।
समग्रमा, यो नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक बिकास गर्न, निराश र हतोत्साहित निजि क्षेत्रको गुमेको बिश्वास फर्काउन, नागरिकमा देखिएको त्रास र असुरक्षाको भावना हटाई भरोसा जगाउन र देशले अहिले भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सक्ने देखिदैन । तसर्थ मुलुकको हितमा नदेखिएकोले यो नीति तथा कार्यक्रम स्विकार्य हुन सक्त्तैन ।
ईश्वर पोखरेल, अध्यक्ष
(नेपाल सरकारले सम्माननीय राष्ट्रपतिमार्फत संसदको संयुक्त वैठकमा पेश गरेको आ.व. २०८०–८१ कोे नीतितथाकार्यक्रमवारे नीति अनुसन्धानप्रतिष्ठान, नेकपा एमालेको धारणा)













प्रतिक्रिया दिनुहोस्