जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार १२:३८

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध


पाकिस्तान, १२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहनुभएका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।