काठमाडौं, १३ जेठ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको एक अभिव्यक्ति संसद् सचिवालयको रेकर्डबाट हटाइएको छ । यही जेठ १० गतेको संसद् बैठकमा उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको बताउनुभएको थियो । आज सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको हो ।
‘सांसद लेखनाथ दाहालले विचार गरेको स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुखले निर्देशन दिँदै भन्नुभयो । त्यसपछि संसद् सचिवालयले सो अभिव्यक्ति अभिलेखबाट हटायो । सांसद दाहालको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्