जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार ११:२९

कार्यक्रमस्थलमा लडे अमेरिकी राष्ट्रपति बाइडेन


काठमाडौं, १९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ ।

यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लड्नुभएको उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उहाँले स्पष्ट पार्नुभएको छ । यसअघि पनि ८० वर्षीय बाइडेन पटक–पटक सार्वजनिक कार्यक्रममा लड्नुभएके थियो ।