जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १७:१२

राष्ट्रपतिसँग जापानी सांसदको शिष्टाचार भेट


काठमाडौं, भदौ १३

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट ग¥यो ।

त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।