जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार ११:३८

अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री


बेइजिङ, २३ जेठ । अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्बीमा सकुशल फर्कनुभएको छ । चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्बजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्कनुभएको हो ।

उनीहरु बेइजिङ समय अनुसार हिजो बिहान ६ः३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गर्नुभएको हो । सो मिसनका कमाण्डर फेइ भन्नुभयो, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं ।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेको छ ।