जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १३:४५

‘अखंड भारत’को नक्सा, ले बंगलादेशी आक्रोशित, प्रधानमन्त्री शेख हसिनाले मागिन भारतसँग जवाफ


ढाका, २४ जेठ । भारतीय संसदको नयाँ भवनमा ‘अखंड भारत’को नक्सा राखेपछि बंगलादेशी नेताहरु आक्रोशित भएका छन् । अब बंगलादेशका विदेश राज्यमन्त्री सहरियार आलमले हाम्रो सरकारले यो सम्पूर्ण मामिलामा भारत सरकारसँग स्पष्टीकरण माग्ने बताएका छन् ।

यसअघि पाकिस्तानले पनि यो भित्तिचित्रको कडा विरोध गरेको छ । बंगलादेशी मन्त्रीले भने कि हामीले नयाँ दिल्लीस्थित हाम्रो उच्चायोगलाई ‘अखंड भारत’को नक्सामा भारतको विदेश मन्त्रालयसँग सम्पर्क गर्न निर्देशन दिएका छौं । यस भित्तिचित्रमा बंगलादेश, नेपाल र पाकिस्तानको क्षेत्र पनि समावेश गरिएको छ।

यसअघि भारतीय विदेश मन्त्रालयले यो अखण्ड भारतको नक्सा नभई सम्राट अशोकको शासनकालको भूभाग भएको स्पष्ट पारेको थियो । बंगलादेशी मन्त्री आलमले ढाकामा पत्रकारहरूसँग भने, सरकारले यस सम्बन्धमा भारतसँग जवाफ खोज्ने प्रक्रियामा छ। बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले यो भित्तिचित्रलाई बंगलादेशको स्वतन्त्रता र सार्वभौमसत्तामाथि खतरा भएको भन्दै आलमले यस्तो टिप्पणी गरेका हुन् । मन्त्री आलमले यो नक्सालाई लिएर चौतर्फी आक्रोश रहेको बताए ।

द हिन्दूको एक रिपोर्टका अनुसार बंगलादेश सरकारले भारतसँग जवाफ माग्नुले प्रधानमन्त्री शेख हसिनाको सरकारमाथि धेरै दबाब रहेको देखाउँछ। त्यो पनि देशमा विद्युत् सङ्कट चलिरहेको बेला । देशकै सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट सोमबार बन्द हुँदा यो सङ्कट झनै बढेको हो । डलर संकटका कारण बंगलादेशले विदेशबाट कोइला आयात बन्द गरेको छ । युक्रेन संकट सुरु भएसँगै डलरको संकट झनै बढेको छ । यसबाहेक बंगलादेशको अर्थतन्त्र आयातमा निर्भर छ ।