जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १७:०६

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु


रुकुम पश्चिम, भदौ १४

आठबीसकोट नगरपालिका–६ को दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भे १ च ६८९३ नम्बरको ट्रयाक्टर शनिबार बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, १७ वर्षीय बलबहादुर विक र १५ वर्षीय मोहन बोहरा घाइते भएका छन् । पाइप बोकेको ट्रयाक्टर सडकभन्दा एक सय मिटर तल खसेको थियो ।