जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १०:१६

गोप्य कागजात प्रकरण : ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने


वाशिंगटन, २७ जेठ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ुमार ए लागो कागजात प्रकरणु मा ३७ वटा मुद्दाको सामना गर्नु पर्ने भएको छ । संघीय अभियोजकहरूले उहाँलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टी भएमा उनलाइ २० बर्षको जेल सजायँ हुनेछ । न्याय बिभागले लगाएको अभियोग अनुसार जब ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोडे, त्यो बेला उहाँले पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर जानुभयो ।

फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको ‘मार ए लागो’ निवासको क्लबमा ती गोप्य दस्तावेजहरू असुरक्षित रूपमा राखे, जहाँ उहाँले नियमित रूपमा हजारौं पाहुनाहरूसँग ठूला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गर्नुहुन्थ्यो । कम्तिमा दुई अवसरहरूमा उहाँले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाई देखाउनुभएको थियो । जबकी बेडमिन्स्टर, न्यू जर्सी गोल्फ क्लबमा उनीहरूलाई देखाउन मिल्दैनथ्यो । तर ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्यबिरूद्द अपराध गरेका अभियोग पत्रमा उल्लेख छ ।

अभियोगमा अगाडी भनिएको छ कि,‘ट्रम्पले लिएर गएका गोप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू, संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन् ।’ सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन ।

अभियोगमा भनिएको छ, ‘यी गोप्य कागजातहरूको अनाधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ।’ जसकाकारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ । न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायको माग गरिएको छ । यसैगरी, ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ ।