जनता टाइम्स

२९ जेष्ठ २०८०, सोमबार ०८:४३

यी हुन एमालेका नेता-कार्यकर्तामा देखिएको ४९ समस्या


काठमाडौं, जेठ २९ । नेकपा एमालेले पार्टीभित्रको समस्याको पहिचान गरेको छ । एमालेले मिशन ग्रासरुटको क्रममा पार्टीभित्र देखापरेको मुख्य समस्याहरु औल्याएको हो ।

एमाले सचिवालय बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनले ४९ समस्या पहिचान गरेको छ । सैद्धान्तिक र बैचारिक क्षेत्र, सांगठानिक क्षेत्र, प्रबृत्तिगत समस्या गरी एमालेल ४९ समस्याको पहिचान गरेको हो ।

सैद्धान्तिक र वैचारिक क्षेत्रमा समस्या

 विचारधारात्मक काममा कमी देखिएको, कतिपय नेता÷कार्यकर्ताहरुमा पार्टीका विचार र सिद्धान्तमा चासो कम रहेको ।
 पार्टी प्रशिक्षणहरु यथोचित नभएको, पार्टीपंत्तिमा संगठनात्मक अराजकता बढेको ।
 समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको
भूमिकालाई जोड्न नसकिएको, जसका कारण विगतमा जितेका पालिकाहरुमा पनि पराजय व्यहोर्नु परेको ।
 निर्वाचनमा उम्मेद्वारी छनोटका आधारहरुबारे कार्यकर्तामा प्रष्टता नभएको ।
 निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेद्वार बन्ने र घात–अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उम्मेद्वार भए पार्टीको उम्मेद्वार, अरु भए नातावाद कृपावादबाट उम्मेद्वारी पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहंकारी सोच देखापरेको ।
 पार्टी प्रवेशको महत्व बुझ्ने र प्रवेशीहरुलाई जिम्मेवारी दिने कुरामा संकिर्णता देखापरेको । पुराना कार्यकर्ता र नवप्रवेशीहरुको जिम्मेवारीमा सन्तुलन मिलाउने कुरामा कमी ।
सांगठानिक क्षेत्रमा
 नयाँ सदस्यता वितरण, नवीकरण, लेबी सब्कलन, भेला प्रशिक्षणजस्ता कामहरुमा शिथिलता आएको, सदस्यताको महत्व बुझ्ने बुझाउने कुरामा कमी,
 पार्टी सदस्यताको फारम भरेको लामो समयसम्म पनि त्यससम्बन्धी प्रक्रिया पुरा नहुने, सदस्यता कार्ड प्राप्त नहुनेजस्ता कारणले नयाँ फाराम भर्नेहरुमा उत्साह नदेखिएको । यस्ता विषयहरुको व्यवस्थित अभिलेख नभएको,
 कतिपय जनप्रतिनिधि पार्टी कमिटीको मातहत हुन नचाहने र कतिपयप निर्वाचित प्रतिनिधिले पार्टीका कार्यकारी पद समेतको दोहोरो भूमिकामा रहने कुराले पार्टी कमिटी र जनप्रतिनिधिबीच दूरी बढेको,
 पार्टी र जनसंगठनका विभिन्न कमिटीमा दोहोरो जिम्मेवारी लिने तर दुवैतिर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति,
 कतिपय स्थानमा कमिटी सदस्यबीच आन्तरिक एकता, विश्वासको कमी र गुटगत व्यवहार देखापरेको ।
 केही कमिटीहरु गठनका क्रममा विधानको व्यवस्थालाई नाघ्ने काम गरिएको । कतिपय स्थानमा नियमित पार्टी काम (बैठक, छलफल, अधिवेशन) नहुने, केही कमिटीमा बैठक बस्न कोरम नै नपुग्ने स्थिति रहेको । वडा कमिटीका बैठकहरु नियमित नभएको, वडा तथा टोलमा बैठकका एजेण्डा बनाउने कुरामा अन्योल ।
 पार्टीमा युवा सहभागिता न्यून हुँदैगएको,
 माथिल्लो कमिटीबाट अतिथि बन्नेको सब्ख्या अधिक हुँदा आसनग्रहणको लिस्ट लामो र पट्यारलाग्दो हुने । कतिपय नेतामा लामो भाषण गरेर हिँडिहाल्ने प्रवृत्ति । स्थानीय कमिटीमैपनि सदस्यहरु पूरा अवधि बैठकमा नबस्ने प्रवृत्ति देखिएको,
 नेताहरुको सामाजिक अभियानहरु र काममा सब्लग्नता घट्दै गरेको, पार्टी नेता र जनताबीचको सम्बन्ध पातलो बन्दै गएको ।
 उपत्यका आसपासका भूगोल कमिटीमा आबद्ध कतिपय कमरेडहरुमा एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र भूगोलमा उपस्थिति रहने गरेको ।
 सम्भावनायुक्त नेताहरुको खोजी (लिडरसीप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरुलाई योजनाबद्ध रुपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान नपुगेको,
 भूगोलका पार्टी कमिटी र सम्पर्क, विशेष प्रदेश या जनसब्गठनको कामको क्षेत्रबीच समुचित समन्वयको अभाव देखापरेको,
 महिला, दलित, जनजाति, मधेसी, दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्तिलगायतलाई नेतृत्वमा विकास गर्न समुचित ध्यान पु¥याउन नसकिएको ।
प्रवृत्तिगत समस्या
 पार्टीभित्र देखा पर्नसक्ने अन्तरविरोधको समाधानमा समुचित ध्यान नपुगेको,
 जनसंगठनहरुलाई संगठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमी रहेको,
 दक्षिणपन्थी अवसरवाद, सब्कीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको संघर्ष आवश्यक मात्रामा सशक्त बन्न नसकेको,
 विचार, शैली र आचरणमा जनमुखी परिवर्तन गर्न पर्याप्त काम हुन नसकेको,
 इमान्दार भएर काम गर्नेले अवसर पाउन नसकेको गुनासो,
 पार्टीका निर्देशन र कार्यक्रमबारे टिकाटिप्पणी गरिहाल्ने र निर्णय कार्यान्वयन सुरु नै नगरी आलोचना र स्व–विश्लेषण गर्न थाल्ने प्रचलन बढेको,
 कतिपय नेताहरु सरल र व्यवहारिक नभएका, कार्यकर्तासँग रुखो व्यवहार देखाउने, आफूले सम्मान खोज्ने तर अरुलाई उचित सम्मान नगर्ने, परिणाम होइन मञ्च मात्र खोज्ने प्रवृति ।
अन्य समस्या
सामाजिक सत्तामा हाम्रो वर्चस्व कायम हुन नसकेको, जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता नदेखिएको,
 कतिपय सदस्यहरुले आफ्नो विज्ञता र क्षमताअनुरुप उपयुक्त जिम्मवारी नपाएको गुनासो रहेको,
 निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको, सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरु ऋणमा रहेको । निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने सुझाव प्रायः सबै प्रतिनिधिकोरहेको ।

 निर्वाचनमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुननसकेको भन्ने जनसमुदायबाट व्यापक प्रश्न उठेको ।
 विगतमा जिम्मेवारी पाएका र लाभको पदमा रहेकाहरुले नै बढी गुनासो गर्ने गरेको देखियो ।
 मिसन ग्रासरुट अभियानमा केन्द्रीय जिम्मेवारी पाउनुहुने केही कमरेडहरुले तोकिएका जिम्मेवारी र काम पूर्णरुपमा सम्पन्न गर्न नगरेको देखियो । प्रदेश र जिल्ला तहबाट नेतृत्व लिने केही कमरेडहरु कार्यक्षेत्र पुग्न नसकेको समेत पाइयो ।
 एकैव्यक्तिले संसदीय फाँट र पार्टीको सब्गठन सञ्चालन गर्न खोज्दा कठिनाइ भएको देखियो ।
 कमिटीका साथीहरुको अभियानमा उपस्थिति कमजोर, सुरुमा आउने, तर अन्तिमसम्म बस्न नसकेको देखियो । कतिपय पालिकामा समीक्षा अवधिसम्ममा समेत अभियान समापन हुनसकेको देखिएन ।
 पार्टी आन्तरिक जीवनको मुख्य चुनौती भनेको अस्वस्थ्य प्रतिस्पर्धा, प्राप्त जिम्मेवारी बहन नगर्ने, दोहोरोभन्दा बढी जिम्मेवारी रहेको देखिएको छ ।
 अभियानमा युवाहरुको उपस्थिति कतिपय ठाउँमा नगन्य रहेको र पार्टी संगठनमा समेत युवा सहभागिता न्यून भएको हुँदा युवालाई पार्टीमा सब्गठित गर्ने, परिचालित गर्ने र जिम्मेवारी दिने विषयहरु अबको मुख्य कार्यभारभित्र पर्नुपर्दछ ।
 पार्टी सब्गठन संरचना ठूलो भएका कारण सबै सदस्यलाई परिभाषित काम तथा जिम्मेवारी दिन नसकिएको, जिम्मेवारी प्राप्त सदस्यबाट समेत काम हुन नसकेको देखियो ।

निर्वाचन र उम्मेद्वारी

 कतिपय कमिटीको नेतृत्वमा कमिटी परिचालन, जनसम्पर्क विस्तार, समन्वय सीपको अभाव रहेको ।
 निर्वाचनका क्रममा विभिन्न स्तरमा असमझदारी, असहयोग र अन्तर्घातका गुनासा विभिन्न स्थानमा देखिएका छन् । जहाँ विजय हासिल गरिएको छ, त्यहाँ पनि आंशिक रुपमा असहयोगको अवस्था आएको गुनासो छ ।
 केही व्यक्तिले सब्गठित रुपमा नै पार्टीका उम्मेद्वारहरुलाई हराउन विपक्षीसँग निरन्तर संवाद, बैठक, अभियान सञ्चालन गरिएको देखिन्छ । पार्टीका उम्मेद्वारका विरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने र उनलाई पराजित गर्न अभियान नै चलाएको पाइएको छ । (त्यस्ता व्यक्तिहरु कारवाहीमा पनि परेका छन् ।) यसबाहेक सार्वजनिक ठाउँमा असन्तुष्टि प्रवाह गर्ने, उम्मेद्वारका बारेमा नकारात्मक टिप्पणी गर्ने, चुनाव जित्न सक्दैन भनेर अफवाह फैलाउने, निर्वाचनमा नखट्ने वा मौन बस्ने, पार्टीले सरकारमा हुँदा गरेका काम जनसमुदायमा नलानेजस्ता प्रवृत्ति ।

 निर्वाचनमा उम्मेद्वारी पाउनुनै पार्टीमा गरेको योगदानको एकमात्र वा अन्तिम अवसर हो भन्ने बुझाइ रहनु, मैले नै टिकट पाउनुपर्दछ, अनिमात्र चुनाव जितिन्छ भन्ने देखिनु, पार्टीभित्रका अन्य आकाब्क्षीलाई प्रतिस्पर्धीका रुपमा लिनु, पार्टीका लागि मत माग्नभन्दा पनि आफ्ना लागि मात्र मत माग्नु, जनमतको उपेक्षा गरिनुजस्ता देखापरेका छन् ।
 पार्टीभित्रको आन्तरिक अन्तरविरोध र समन्वयको अभावका कारणले पनि अपेक्षाकृत परिणाम हासिल हुनसकेन । मूलतः नर्वाचनमा उम्मेद्वार चयन गर्दा क्षमता, इमान्दारिता, पार्टीप्रतिको त्याग र निरन्तरताका आधारमा अवसर प्रदान गर्नुपर्ने र पार्टी कमिटीमा व्यापक सरसल्लाह, छलफल गरी हार्दिकतापूर्ण वातावरण बनाउनुपर्नेमा कतिपय ठाउँमा यसो हुन नसक्दा त्यसको असर पछिसम्म देखिन पुग्यो । जनवर्गीय संगठनहरुसहित सम्पूर्ण शक्ति एकसाथ परिचालन हुन सकेनन् ।
 नयाँ मतदाता नामावली थप गर्दा स्थानीय कमिटीले ध्यान पुर्याउन नसक्नु, बुथ प्रतिनिधिहरुले स्थितिको विश्लेषण र आँकलन गर्न नसक्नु, प्रतिस्पर्धीका कमी कमजोरीहरु समयमा नै कारवाहीको विषय बनाउन नसक्नु, गठबन्धन बाहेकका प्रतिस्पर्धीको आँकलन हुन नसक्नु, युवा र नयाँ मतदातालाई आकर्षण गर्न नसक्नुजस्ता समस्या पनि देखिए ।
 प्रचार–प्रसार शैली परम्परागत हुनुर योजनाबद्ध हुन नसक्नु, घरदैलो कार्यक्रम सघन र प्रभावकारी बन्न नसक्नु, मौन अवधिलाई नतिजामूलक रुपमा उपयोग गर्न नसक्नु, विपक्षीका रणनीतिलाई समयमै पत्ता लगाउन र चिर्न नसक्नु तथा सामाजिक सञ्जाललगायत आधुनिक सञ्चारको प्रभावकारी उपयोगमा कमजोरी देखियो ।
 पार्टीका जनप्रतिनिधीहरुले गरेका जनमुखी कामको प्रभावकारी प्रचार गर्न नसक्दा त्यसको स्वामित्व अर्कैले ग्रहण गर्नपुग्नु, नर्वाचनपश्चात् आमजनतासँगको सम्पर्क सम्बन्धलाई नियमित गर्न नसक्नु, पार्टीका जनप्रतिनिधिहरुका निर्णय वा पहलमा हुने विकास निर्माणका काममा पार्टी कार्यकर्ताको सहभागिता न्यून हुने गरेको, पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरुको सामाजिक सम्पर्क र सम्बन्ध कमजोर हुँदै गएको देखियो ।
 भूगोलका कमिटीहरुबाट पेसागत कमिटीमा आबद्ध कमरेडहरुसँग भौतिक, आर्थिक, वैचारिकलगायतका सहयोगको अपेक्षा गरिए पनि सो बमोजिमको भूमिका निर्वाह गर्न नसकिएको र कतिपय कमरेडहरुको बसोबास र सक्रियता काठमाडौंमा तर मतदाता नामावली बाहिर हुँदा अपेक्षित सहभागिता हुन नसक्दा निर्वाचनमा प्रभाव परेको देखिन्छ ।
जनता, जनप्रतिनिधि र पार्टी कमिटी तथा पार्टी नेताहरुबीच अन्तरसम्बन्ध  कार्यकर्ताहरुले जनप्रतिनिधिहरुको कार्यशैलीबारे टिप्पणी गरेको देखियो ।
 जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध कमजोर रहेका पाइयो ।

 कतिपय स्थानमा जनप्रतिनिधिहरु संसदीय काममा सब्लग्न हुने तर पार्टी काममा बेवास्ता गर्ने गरेको देखियो । कतिपय नेतृत्वमा कार्यक्षमतामा नै प्रश्न उठेको, विषयगत ज्ञानको कमीसमेत भएको पाइयो ।