गोरखा, भदौ १५
गोरखा सदरमुकामको माथि डाडामा रहेको गोरखा दरबारको अवलोकन गर्न पुगेका नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले डा. बाबुराम भट्टराईप्रति चासो व्यक्त गरेका छन् । उहाले समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका भट्टराईका बारेमा केही सोधिखोजी समेत गर्नुभएको हो ।
गोरखाको पुनर्निर्माण अवस्थाबारे अवलोकन गर्न शनिबार आउनु भएका राजदूत पुरीले जनप्रतिनिधिको हैसियतमा रहेका भट्टराई लोकप्रियचाहिं कति छन् ? भनेर प्रश्न गर्नुभयो । गोरखकाली र गोरखनाथको दर्शन गरी गोरखा दरबारको अवलोकन गरेका पुरीले गोरखाको डाँडाबाट बाबुरामको घर कता पर्छ ? भनेर पनि सोध्नु भएको थियो । ‘उनी गोरखामा कति लोकप्रिय छन् ?’ राजदूत पुरीले फेरी सोध्नु भयो, ‘जनप्रतिनिधि हुन्, मन पराउँछन् होला नि ?’
प्रतिक्रिया दिनुहोस्