जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १७:२१

फेरि राजधानीबाट तीन पत्रकार पक्राउ, लाग्यो यति गम्भीर अभियोग


काठमाडौं, भदौ १५ । पछिल्लो समय पत्रकार पक्राउ पर्ने क्रम बढदै गएको बेला प्रहरीले आज तीन जना पत्रकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले नेत्रबिक्रम चन्द –बिप्लब) समुहको नाममा धम्क्याउँदै असुली गरेको अभियोगमा तीन जना पत्रकारलाई पक्राउ गरेको हो ।

बिप्लवको नाममा बमको धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा जनध्वनी साप्ताहिकका सम्पादक सुवास कोईरालासहित पत्रकारहरु बिश्वराज शर्मा र शुभम घिमिरेलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । महाशाखाका एसपी केदार ढकालका अनुसार अभियुक्तहरुले बिप्लव समुहको काठमाडौं इञ्चार्ज हुँ भन्दै सरकारी कर्मचारीलाई चन्दा माग्ने र नदिएमा घरमा बम पडकाउने र मार्ने धम्की दिने गरेका थिए ।