हङकङ, ९ असार । हङकङ विमानस्थलमा क्याथे प्यासिफिक एयरवेजको टायर फुटेर दुर्घटना हमुँदा ११ जना घाइते हुनुभएको छ । हङकङदेखि क्यालिफर्नियास्थित लस एन्जेल्सको उडानका क्रममा रहेको जहाजको एउटा टायर फुटेको थियो । स्थानीय समयअनुसार आज बिहान साढे १० बजे भएको दुर्घटनामा २९ देखि ७७ वर्ष उमेरका १ पुरुष र १० जना महिला घाइते हुनुभएको हो । जहाजमा १७ जना चालक दलसहित २९३ यात्रु सवार थिए । विमानस्थलका सूचना अधिकारीका अनुसार जहाजमा समस्या आपछि यात्रुहरूलाई आकस्मिक अवतरण गराउन लागिएको थियो ।
सोही क्रममा उक्त दुर्घटना भएको उहाँले बताउनुभएको हो । दुर्घटनापछि घाइतेलाई अस्पताल भर्ना गरिएको थियो । १ जना उपचाररत रहेकोमा ९ जनालाई डिस्चार्ज गरिएको क्याथे प्यासिफिक एयरवेजले विज्ञप्तिमार्फत जनाएको छ । विमानमा सवार ४२ वर्षीय अभिनेत्री सेलना ली सेवाले विमानमा समस्या देखिएपछि तिव्र गतिमा ब्रेक लगाइएको सबैजना डराएको अनुभव शेयर गर्नुभएको छ । उहाँले इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै लेख्नुभएको छ,‘सबैजना डराएएका थियौँ। कप्तान र उडान परिचारकले हामीलाई आकस्मिक अवतरण गर्न भनेपछि सबै चिच्याएको, नर्भस देखिएको अवस्था थियो ।’ उक्त दुर्घटनापछि उडान रद्द भएको छ ।













प्रतिक्रिया दिनुहोस्