अमेरीकी विश्वविद्यालयहरूमा २ लाख भारतेली विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । साउँदी अरवेयी र अमेरीका विच सरकारी स्तरमा सम्बन्ध राम्रो भएता पनि साउँदी अरवेयी र अमेरीका विच जनजनमा राम्रो सम्बन्ध छैन । तर भारतमा अमेरीका प्रतिको क्रेज उभेगलाग्दो छ भने अमेरीकी समाज योग, पूर्वीय दर्शन, संस्कृत भाषा, परिवारिक जीवन, भारतीय परिकार र पकबान प्रति सम्मोहित छन् । सभ्यता प्रतिको आर्कषणले गर्दा अमेरीका र भारत सम्बन्धले नयाँ उचाई लिदैछ ।
विपिन देव
सन् १९९८ मई मा बाजपेयी सरकारको आणवीक परीक्षणको पराकम्पनले अमेरीकी भारत सम्बन्ध चिसिएको थियो । सम्बन्ध शिथिलिकरणले गर्दा कूटनीतिक शिष्टाचार वाहेक कुनै आयाम थिएन । अमेरिकी सरकारले आर्थिक नाकावन्दीको समेत घोषणा गरेका थिए । वदलिदो परिवेशलाई मध्यनजर गर्दै वाजपेयीले अमेरीकी भारत सम्बन्धलाई सहज बनाउन तत्कालीन विदेश मन्त्री जसवन्त सिंहलाई जिम्मा दिएका थिए ।
अमेरीकी अधिकारी स्ट्रोव र सिंह १७ पटक घनीभूत वार्ता भएको थियो । आफ्ना पुस्तक “माई आउनर टु नेशन”मा जसवन्त सिंहले अमेरीका भारत सम्बन्धको उक्त वार्तावारेमा विस्तृत चर्चा गरेका छन । जसवन्त सिंह र स्ट्रोवको वार्ताको कारणले राष्ट्रपति किलन्टनको भारत यात्रा सम्भव भयो । अधिकारीक रूपमा भारत भूमीबाट किलन्टन भारतको पक्षमा बोल्दै पाकिस्तानको आतंकवादी गतिविधिलाई भत्र्सना गरेका थिए । अर्थात् काशमिरमा भएको आतंकवादी घटना निन्दा गर्दै वर्तमान परिवेशमा मानवको रगतले भूगोल निर्माण नहुने कुराको उद्घोष किलनटनले गरेका थिए । सन् २००० उपरान्त भारत प्रतिको अमेरीकी दृष्टिकोण परिवर्तित हुँदै गयो । विगतका दिनमा अमेरीकी राष्ट्रपति भारत यात्रा गर्दा पाकिस्तान पनि यात्रा गर्ने गर्थे ।
सन्तुलित नीति अन्र्तगत अमेरीका पाकिस्तानलाई सदैव आफ्नो पक्षमा राख्न चनाखो देखिन्थे । सन् १९५६ ताका नै पाकिस्तान अमेरीकाको सुरक्षा साझेदार भइसकेका थिए । बङ्गलादेश विभागजन ताका अमेरीकी र चीन समेत पाकिस्तानका पक्षमा उभिएका थिए । अमेरीकाले भारत माथि सैनिक कार्यवाय गर्न समेत धम्की दिदै हिन्द महासागरमा सेभेन फिलिट नामक सैनिक जहाज समेत तैनाथ गरेका थिए । तर सन् १९७१ मा भारत सोभियत रुस विचको सन्धीले गर्दा अमेरिका र चीनको धम्की स्वखलित हुँदै गयो । वर्तमान परिवेशमा अमेरीका भारत सम्बन्धमा सघनता, सहजता, समधुरता र सौह्राद्रता बढेको छ । अमेरीका भारत सम्बन्धलाई नयाँ उचाई दिने काम डा. मनमोहन सिंहले गरेका थिए । सन् २००५ मा अमेरीका भारत विच भएको सिभिल न्यूकिलियर समझौताले गर्दा भारत अमेरीका सम्बन्ध आर्थिक र प्राविधिक सहयोगको यूगमा प्रवेश गरेको थियो ।
सन् २००५ ताका भारत ८ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि गरिरहेको अवस्था थियो । आर्थिक खुलापन, नयाँ मध्यम वर्गको उदय, प्रजातान्त्रिक पद्धति, जनसांख्यीक लाभांष, अग्रेजी भाषीको उल्लेख्य जनसंख्या जस्ता कारक तत्वहरूले गर्दा भारतको बजारमा अमेरीकी अभिरुची बढिरहेको अवस्था छ । वर्तमान परिवेशमा अमेरीका चीनको कटूताका कारणले गर्दा पनि भारत अमेरीकी सम्बन्धमा सघनता बढेको छ । कोरनाको कहर पश्चात अमेरीका चीन सम्वन्ध चिसिएको छ । चीनको रसियासंग बढ्दो सामरिक सम्वन्ध र पश्चिमा एसियामा चीनको सक्रियताले गर्दा अमेरीका चीनसंग चिढिएको छ । अमेरिका एउटा ठुलो बजारको खोजीमा समेत रहेको छ । प्रविधि र पूँजी हस्तानतरणको लागि दक्षिण कोरीया, जापान र अष्ट्रेलीयासंग अमेरिकाको सहज सम्बन्ध भएता पनि यी मुलुकहरू भारतको विकल्प हुन सक्दैन ।
संसारको सबभन्दा बढि जनसंख्या भएको मुलुकको साथै सैन्य क्षमतामा अब्वल भएको कारणले गर्दा सुरक्षा लगायत हरेक कारक तत्वलाई ध्यानमा राख्दै अमेरीका पूँजी र प्रविधि हस्तान्तरण गर्न भारतसंग सम्झौता गरेका छन् । भर्खरै प्रधानमन्त्री मोदीको राजकीय भ्रमण कै सेरोफेरोमा आर्टफिसियल इन्टेलीजेन्सदेखि जेट विमानसंगको प्रविधिमा साझा गर्न अमेरीका सहमत भएका छन् । भारतको लागि यो ठुलो अवसर भएको छ । विगतको दिनमा चीनवाट पलायन भएका पूँजीलाई भित्र्याउन भारतले भरमजदुर प्रयास गरेता पनि चीनबाट पलायन भएका अधिक पूँजी भियतनाम र मेक्सीकोमा निवेश भएका छन् ।यस अर्थमा भारत समक्ष अमेरीकी पूँजी र प्रविधिको विकल्प देखिएको छैन । भारतका सामरिक जानकार शिवशंकर मेनन अनुसार चीनसंगको कटूताको कारणले मात्र अमेरीका भारत सम्बन्ध सघन भएको छैन । विश्वको पहिलो अर्थतन्त्र अमेरीका र दोस्रो अर्थतन्त्र चीन भएकोले गर्दा भारतले तेस्रो अर्थतन्त्र बन्नको लागि पहिलो अर्थतन्त्रसंग सघनता बढाउँनु वाहेक अर्को विकल्प देखिएको छैन ।
यी साकारात्मक पक्ष वाहेक भारत अमेरीका सम्बन्धमा केही कठीन र गम्भीर पक्षहरू समेत रहेको छ । अमेरीका पत्रिका वासीगटन पोष्टमा डा. मार्कीले एक आलेखको माध्यमबाट भारतमा मुश्लिम समुदाय प्रति भइरहेको दमन, पे्रश प्रतिको व्यावहार र कर्मचारीतन्त्रको दबदवाले गर्दा अमेरीका भारत सम्वन्ध सहज नहुने उनको जिकिर रहेको छ । तर सि.एन.एन.का विदेश मामिलाका जानकार फरिद जाकिरीयाले भारत र अमेरिकाको प्रजातन्त्रमा समरुपता भएको जिकिर गरेका छन् । अमेरीकी नीतिलाई अधिक प्रभावित गर्ने अमेरीकी समाचार गृहहरू नै हुन् । रसिया यूक्रेन युद्धमा भारत अमेरीकाको पक्षमा नउभिनु र रसियाबाट कच्चा तेल खरिद गर्दै त्यसलाई प्रसोधित गर्दै यूरोपमा वेच्नु जस्ता भारतीय नीतिलाई पश्चिमा सञ्चार गृहहरूले निन्दा गरेका छन् ।
भारतका सामरिक जानकार शिवशंकर मेनन्ले तार्किक रूपमा यसलाई खण्डन गरेका छन् । अर्थात् भारतले यूरोप जस्तै खाडी मुलुकहरूबाट तेल र उर्जा खरिद गरेको खण्डमा यूरोप लगायत भारत समेत दिवालीयापनको संघारमा हुन्थ्यो । अर्थात् समयको गम्भीरतालाई सुक्ष्म विष्लेशण गरेर भारतले रसियासंग तेल खरिद गर्दै यूरोपलाई निर्यात गरेर विश्व अर्थव्यवस्थालाई सन्तुलित गरेको छ । अमेरीकी समाचार गृहहरूले भारतीय सामरिक नीतिलाई प्रश्नको घेरामा राखेका छन् । अर्थात् अमेरीकाले भारतलाई जस्तो सुकै प्रविधि हस्तानतरण गरेता पनि अमेरीकाले कुनै पनि मुलुकसंग युद्ध गर्दा भारत अमेरीकालाई सैन्य सहयोग गरेको इतिहास छैन । अमेरीकाले हालसम्म ५६ वटा मुलुकहरूसंग सैन्य सम्झोता गरेता पनि भारतसंग सम्झौता गरेको छैन । भारतका पुर्व राजदुत मेननले यस तर्कलाई समेत खण्डन गरेका छन् । अर्थात् भारत आफ्ना सुरक्षा मामिलामा गम्भीर हुनुका साथ सक्षम समेत रहेको उनको जिकिर रहेको छ । मालावार सैनिक अभ्यास अन्र्तगत भारतीय सैनिकले सबभन्दा बढि सैन्य अभ्यास अमेरीकी सैनिकसंग मात्र गरेको छ ।
सन् २०१७ देखि हालसम्म (डोकलमदेखि ग्लवानसम्म) भारतीय सैनिक चीनिया सैनिकसंग आखाँमा आँखा जुधाई रहेको छ । भारतले अमेरीकासंग सैन्य सहयोग लिएको छैन । भारत–अमेरीका सम्बन्धका प्रमुख आधार जनजनको सम्बन्ध रहेको छ । ४० लाख भारतीय मुलका वासीन्दाहरू अमेरीकी समाजको दिलदिमागलाई जितेको छ । हरेक विलक्षण भारतेलीको सपना हार्वट, एयेल जस्ता विख्यात अमेरीकी विश्वविद्यालय नै रहेको छ । अमेरीकी विश्वविद्यालयहरूमा २ लाख भारतेली विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । साउँदी अरवेयी र अमेरीका विच सरकारी स्तरमा सम्बन्ध राम्रो भएता पनि साउँदी अरवेयी र अमेरीका विच जनजनमा राम्रो सम्बन्ध छैन । तर भारतमा अमेरीका प्रतिको क्रेज उभेगलाग्दो छ भने अमेरीकी समाज योग, पूर्वीय दर्शन, संस्कृत भाषा, परिवारिक जीवन, भारतीय परिकार र पकबान प्रति सम्मोहित छन् । सभ्यताप्रतिको आर्कषणले गर्दा अमेरीका र भारत सम्बन्धले नयाँ उचाई लिदैछ ।













प्रतिक्रिया दिनुहोस्