केपी ओली राष्ट्रवादी नेता हुन् भन्ने अर्को तथ्य उनले भारतीय नाकाबन्दीको जसरी सामना गरे त्यति आजसम्म नेपाली राजनीतिमा कुनै नेताले गरेका छैनन् ।नाकाबन्दी नखोली भारत भ्रमण नगर्ने ओलीको अडानको सामु भारत अन्तत झुक्न बाध्य भयो । कामले भन्दा गफ र गफले भन्दा सामाजिक सञ्जालबाट लिडर बन्न सकिन्छ भन्ने खेतीपाती मौलाइरहेका बेला राष्ट्रियतामा चट्टानी अडान र समृद्धिको यात्राको सारथी ओली नै हुन्, यो गफ होइन तथ्यले नै पुष्टि गरिसकेको छ ।
कृष्ण केसी
मान्नका लागि मान्नु र साँच्चै मान्नुमा फरक छ । राजनीतिमा होस् वा कुनै पनि क्षेत्रमा आफूलाई लिडर हौँ भन्नेहरुलाई मान्नका लागि मात्र मानेका धेरै तथ्यहरु भेटिन्छन् । कुनै संस्था वा पार्टीको प्रमुख हुँदैमा मात्रै कोही पनि लिडर हुँदैन । लिडर हुनका लागि कामबाट प्रमाणित मनैदेखि स्वीकारेको ब्यक्तित्व हुनुपर्छ । धेरै मान्छेहरुलाई लाग्न सक्छ कि म यो वा त्यो पदमा छु, जसरी पनि मलाई मान्नु् पर्छ । मेरो विचारमा उनीहरु मान्नका लागि मान्नुपर्ने पात्र मात्रै हुन् । वर्तमान समसामयिक राजनीतिमा साँच्चै लिडर केपी शर्मा ओली मात्र हुन ।
तथ्यले भन्छ, सत्यसँग नझुक्ने, शक्तिसँग नडराउने चट्टानी अडान राख्ने राजनेता हुन केपी शर्मा ओली । अक्सफोर्ड डिक्सनरीका अनुसार क्षमतावान, अनुभवी र सम्मानित राजनीतिक नेता वा व्यक्तित्व नै राजनेता हो । ती सबै गुण ओलीमा छ । प्रजातन्त्र स्थापनापछिका करीब आठ दशकमा राजनेताका रूपमा सम्झनयोग्य सर्वसम्मत व्यक्ति कोही देखिंदैनन । संविधान जारी हुँदा ओलीले अडान नलिएको भए र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दह्रो खुट्टा टेक्न ओलीले नभनेको भए त्यो सम्भव थिएन । भारतको इच्छाविपरित आफ्नो देशको संविधान हामी आफैँ जारी गर्न सक्षम छौँ भन्ने सन्देश नेपालले दिएको थियो । त्यो घोषणा केपी शर्मा ओली र सुशील कोइरालाबिना सम्भव थिएन ।
केपी ओली राष्ट्रवादी नेता हुन भन्ने अर्को तथ्य उनले भारतीय नाकाबन्दीको जसरी सामना गरे, त्यति आजसम्म नेपाली राजनीतिमा कुनै नेताले गरेका छैनन । नाकाबन्दी नखोली भारत भ्रमण नगर्ने तात्कालिन प्रधानमन्त्री ओलीको अडानसामु भारत अन्ततः झुक्न बाध्य भयो । कामले भन्दा गफ र गफले भन्दा सामाजिक सञ्जालबाट लिडर बन्न सकिन्छ भन्ने खेतीपाती मौलाइरहेका अहिलेको अवस्थामा राष्ट्रियतामा चट्टानी अडान र समृद्धिको यात्राको सारथी ओली नै हुन, यो तथ्यले पुष्टि गरेको छ ।
प्रधानमन्त्री भएका बेला भएको भारत भ्रमणमा भारतको हेपाह र मिचाह प्रवृित्तबिरुद्ध प्रष्टसँग अडान राख्ने नेता ओली नै हुन । उनले कुनै गलत सम्झौंता गरेनन । जतिसकेका छन, देशको शिर ठाडो पार्ने काम गरे तर झुकेनन । अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा एकादेशको कथा बनाइएको छ । सरकारको नेतृत्व गर्ने र गठबन्धन भनाउँदाहरु चुँसम्म बोल्दैनन । ओली नेतृत्वको सरकारले नेपालको पूर्ण नक्सा जारी गर्दै संविधानको अङ्गको रुपमा त्यो भूमिलाई राष्ट्रिय सहमतिका आधारमा भित्र्यायो । यद्यपि यसका लागि भारतसँग गर्नुपर्ने धेरै काम बाँकी होलान, कम्तिमा नेपालको नक्सामा कालपानी, लिपुलेक र लिम्पियाधुरा समेटी यो भूमि नेपालको हो भन्ने सन्देश विश्वभर दियो । मधेशमा देखापरेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओलीले नै गरेका हुन् ।
हिजोको शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनले एमालेलाई सडकमा मात्र होइन धुलो चटाउने उद्घोष गरिरहेका बेला कत्ति पनि विचलित नभई ओली जसरी देश दौडाहमा निस्किए । कार्यकर्ता र शुभचिन्तकको मनोवल उच्च बनाउने गरेर बोले र हजारौँको संख्यामा एमालेमा प्रवेश गराए । सर्वसाधारण नागरिक मात्र होइन, तत्कालीन सत्ता गठबन्धन दलका सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष मात्र होइन बहालवाला मन्त्री छोडेर पनि अरु दलबाट एमालेमा प्रवेश गरे । त्यसको परिणाम एमाले मतका आधारमा देशकै पहिलो पार्टी बन्न सफल भयो । सिटका आधारमा कांग्रेसभन्दा १०÷११ सिट कम आयो । संसारमा सत्ताबाहिर रहेको दलप्रति यतिधेरै आर्कषण बढेको सायद विगतमा नेपालमै हुनुपर्छ । ओलीले स्पष्ट अडान, आर्कषक शैली, प्रस्तुती र एमालेले विगतमा गरेका कामको तथ्यका आधारमा एमालेले यो स्थान हासिल गरेको हो ।
पाँच दलीय गठबन्धका बाबजुद् पनि एमाले मतका आधारमा मात्र होइन सिटका आधारमा पनि पहिलो पार्टी नै बन्न सक्ने चुनावपछिका केही तथ्यहरुलाई हेर्दा पुष्टि हुन्छ । जसरी पनि सत्ता गठबन्धनलाई जिताउने जिल्ला/जिल्लामा प्रशासनिक सेटिङ, चौतर्फी प्रहार र स्वयम् एमालेले कतिपय स्थानमा टिकट दिँदा नमिलाएको कारण एमाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिटको संख्यामा दोस्रो भए पनि समानुपातिकमा एमालेलाई सबैभन्दा बढी मत दिएर एमाले पहिलो शक्ति भएको आम नागरिकले पुष्टि गरेका छन् ।
यदि निर्वाचनमा प्रमुख दलहरु छुट्टाछुट्टै लडेको भए के हुन्थ्यो, धेरैको जिज्ञाशा छ । तथ्यले के भन्छ भने गठबन्धन भएकै कारण एमाले ४० स्थानमा हारेर पनि जितेको छ । त्यो तथ्यले पनि झण्डै गठबन्धन नभएको भए एमाले बहुमत वा बहुमतको नजिक पुग्ने देखिएको हो । माधव नेपालले मात्र पार्टी नफुटाएको भए पनि एमालेको सम्मानजनक बहुमत आउने निश्चित थियो । सिट सङ्ख्या प्राविधिक कुरा होला तर एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेता तथा कार्यकर्ताको शिर उठाउने काम गर्नुभएको छ । एमाले हुनुमा गर्व गर्ने अनुभूति ओलीले नै गराउनुभएको छ ।

ओली नेतृत्वको नेकपाको सरकारले गरेका काम अहिले पनि धमाधम सम्पन्न हुँदैछन् । कतिपय स्वघोषित बुद्धिजीवीले ओलीलाई सपना मात्र देख्ने काम नगर्ने भनेको पाउँछु । जब कुनै नेताले देश बनाउने सपना देख्दैन त्यसले काम पनि गर्दैन । ओलीले सपना नदेखेको भए काठमाण्डौबाहिर बनेका अन्तर्राष्ट्रिय विमानस्थल कति सकिए, कति सकिने तयारीमा छन्, देशभरि सडक चौडा पार्ने काम, सबै पालिकामा अस्पताल बनाउनेलगायतका सयौँ काम भए ।
ओली नेतृत्वको १८ महिने सरकारले जनताका मुर्छित सपनामाथि पानी छम्कने काम गर्यो । तथ्यले भन्छ दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि, निर्यात वृद्धि १९.४ प्रतिशतले, आयात वृद्धि १३.९ प्रतिशतमा सीमित र राजस्व सङ्कलनमा २२.६ प्रतिशतले वृद्धि गरेको थियो । विकास र परिवर्तनमा इतिहासमै नभएका कारण ओली नेतृत्वको १८ महिने कार्यकालमा भएका छन्, जुन तथ्यले बोल्छ शब्द खर्च गरिरनुपर्दैन ।
आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका राजनेता ओलीले लिएको राष्ट्रवादी अडान र समृद्धिको सपना पूरा हुन नदिन अनेक चलखेल भए । एमालेलाई सत्ताबाट खसाल्ने र जान नदिने जुन खेल भए त्यो देशको हितमा छैन, थिएन । यो समयसँगै पुष्टि भएको छ । केपी ओली दूरदर्शी भिजन भएको, फराकिलो र सकारात्मक सोच भएका व्यक्ति हुन् । केपी ओली जस्तो राजनेता मुलुकले न हिजो पाएको थियो न त भोलि पाउने छ । यस्ता तथ्यलाई स्वीकार्दै साथ दिन कञ्जुस्याइँ गर्नु ओलीप्रतिको नभई देशप्रतिकै अन्याय हुन जान्छ ।














प्रतिक्रिया दिनुहोस्