जनता टाइम्स

२५ असार २०८०, सोमबार १२:२३

पाकिस्तानमा अर्का पत्रकारको पनि अपहरण


इस्लामबाद, २५ असार । पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले गएराति थप एक पत्रकारलाई अपहरण गरेका छन् ।

द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए ।

अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन् ।