जनता टाइम्स

२५ असार २०८०, सोमबार १९:५६

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुख बिच भेटवार्ता


काठमाडौं, २५ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गर्नुभएको छ । क्रेमलिनले यसको पुष्टि गरेको छ । हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो,’मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो ? त्यो भने खुल्न सकेको छैन् । विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन् । त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्सेवी लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए ।

मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन । तर यो कदम वाग्नर समूहलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको थियो। यस पछि प्रिगोजिनले एक विज्ञप्तिमा घोषणा गरे कि उनका लडाकुहरूले यो सम्झौता बहिष्कार गर्नेछन् । वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्ना सेनाले रुसी विमानमा आक्रमण गरेको बताउनुभयो । उहाँले दावी गरे कि रुसी विमानले आफ्नो सेनालाई रोक्न रकेट र बमले मस्कोतर्फ बढिरहेको थियो। उनले रुसी विमान खसाल्नु परेकोमा दुःख व्यक्त गर्नुभयो ।