जनता टाइम्स

२८ असार २०८०, बिहीबार १७:०६

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै


काठमाडौं, २८ असार । दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै हुनुहुन्छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार (जुलाई १४) नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उहाँ नेपाल आउन लाग्नुभएको र यो तेस्रो भ्रमण रहेको बताइएको छ । यसअघि उहाँ २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आउनु भएको थियो । लु सन २०२१ को १५ सेप्टेम्बरदेखि अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एशियाली मामिला ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त हुनु भएको थियो ।