जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०९:१७

कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु


काठमाडौं, भदौ १८

काठमाडौंको कपनमा दुई समुहबीच ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ । आपसी विवादका कारण दुई समुहबीच मंगलबार राति ९ बजेतिर ग्याङ फाइट भएको थियो ।

मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेको प्रहरीले जनाएको छ । मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्। दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।