सिओल, २ साउन । अमेरिकाले उत्तर कोरिया नजिक आफ्नो सबैभन्दा घातक हतियार तैनाथ गरेको छ । अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्नो आणविक हतियारयुक्त पनडुब्बी तैनाथ गरेको छ । यो उत्तर कोरियाको लागि सीधा चेतावनी कदम हो । यसले आगामी दिनमा तनाव बढ्ने देखिन्छ ।
कोरियाली प्रायद्वीपमा फेरि तनाव बढेको छ । दशकौंमा पहिलो पटक अमेरिकी आणविक पनडुब्बी दक्षिण कोरियाको बन्दरगाहमा रोकिएको छ। यो पनडुब्बी ब्यालेस्टिक मिसाइलले सुसज्जित छ। उत्तर कोरियाले केही दिनअघि ठोस इन्धनयुक्त अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला अमेरिकाले यो कदम चालेको हो । अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनलाई प्रत्यक्ष चेतावनी दिन कोरियाली बन्दरगाह सहर बुसानमा आफ्नो ओहायो श्रेणीको ब्यालेस्टिक मिसाइल पनडुब्बी पठाएको छ।
उत्तर कोरियाले अमेरिकालाई आफ्नो सीमा नजिकै रहेको जासुसी विमान खसाल्ने धम्की पनि दिएको छ । किम जोङ उनकी बहिनी किम यो जोङले सोमबार एक विज्ञप्तिमा भनिन् कि प्रायद्वीपमा ब्यालिस्टिक मिसाइल पनडुब्बी तैनाथ गर्नाले दुई पक्षबीचको पहिल्यै बिग्रिएको सम्वन्धलाई थप क्षति पुग्नेछ । ४० वर्षमा पहिलो पटक यो अमेरिकी पनडुब्बी कोरियाको जलक्षेत्रमा पुगेको हो ।
सामान्य भाषामा यसलाई बुमर्स भनिन्छ। यो ५६० फिट लामो छ। यसको गति ३७ किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ। ओहायो क्लासको प्रत्येक पनडुब्बीले अधिकतम २० वटा ट्राइडेन्ट–२ ब्यालिस्टिक मिसाइलहरू बोक्न सक्छ । जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेसन स्टडीजका अनुसार प्रत्येक ट्राइडेन्ट मिसाइलले चार आणविक वारहेड बोक्न सक्छ । त्यसहिसावले, प्रत्येक अमेरिकी ब्यालेस्टिक मिसाइल पनडुब्बीले लगभग ८० आणविक वारहेडहरू बोक्न सक्छन् ।
विश्लेषकहरूले दक्षिण कोरियाको नजिक अमेरिकी नौसेनाको ब्यालेस्टिक मिसाइल पनडुब्बी विशुद्ध प्रतीकात्मक भएको बताएका छन् । वास्तवमा, यसले यसको सैन्य भ्यालु कम गर्नेछ । हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको संयुक्त खुफिया केन्द्रका पूर्व निर्देशक कार्ल शुस्टरले भने, ‘रणनीतिक रूपमा अमेरिका र दक्षिण कोरियाले सबैभन्दा शक्तिशाली पनडुब्बीको भ्यालु घटाउँदैछन् ।’













प्रतिक्रिया दिनुहोस्