काठमाडौं, ७ साउन । एनआरएनए माल्टाकोे महासचिवमा विरोजंग पाण्डेले उम्मेदवारी दर्ता गर्नुभएको छ । अध्यक्षका उम्मेदवार रोशन गिरीको टिमबाट महासचिवमा उम्मेदवारी दर्ता गर्नुभएका पाण्डेको जित सुनिश्चितजस्तै भएको बताइन्छ ।
नेपालको दोलखा जिल्लाबाट रोजगारीको शिलशिलामा माल्टा पुग्नु भएका पाण्डे प्रवासी नेपाली मञ्चको नेतृत्वमा रहेर माल्टावासी प्रवासी नेपाली माझ लोकप्रिय बन्नुभएको छ । स्वदेशमै रहँदा विद्यार्थी राजनीतिमा सकृय रहँदै विभिन्न संघसंस्था र सहकारी अभियानमासमेत दत्तचित्त हुनुहुन्थ्यो ।
महासचिवका उम्मेदवार पाण्डे २ –३ वर्षको अन्तरालमै माल्टावासी प्रवासी नेपालीबीच लोकप्रिय बन्नुमा उहाँको सामाजिक भावना र सकृयता रहेको बताइन्छ । प्रवासी नेपालीको समस्या समाधानमा अहोरात्र खटिने भएकाले नै उहाँ यति छोटो समयमा माल्टावासीबीच लोकप्रिय बन्नु भएकामा दुई मत छैन ।
सामाजिक सञ्जाल, कूटनीतिक समन्वय र सम्वादमार्फत माल्टावासी नेपालीको अस्थायी कार्ड, भिषा कार्ड, बसोबासको समस्या समाधानमा उहाँले देखाउनु भएको सकृयताले नै उहाँ लोकप्रिय बन्नु भएको हो । पाण्डेको टिमका अध्यक्षका उम्मेदवार २७ वर्षीय गिरी अध्यक्षका उम्मेदवार मध्ये कान्छा मानिन्छन् । युवाहरूको यही टिमले जितेमा आफ्ना समस्या समाधान हुनेमा माल्टावासी प्रवासी नेपाली आशावादी हुनुले पनि उहाँहरूको जितको आधार सुनिश्चितजस्तै भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्