वेइजिङ, ११ साउन । कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा निरन्तर मन्दी आएको छ । नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबिएस) को रिपोर्ट अनुसार चीनको खुद्रा बिक्री मे महिनामा १२.७ प्रतिशतले बढेकोमा जुनमा ३.१ प्रतिशतमा झरेको छ।
यससँगै चीनको खुद्रा बिक्री र निर्यातमा ठूलो गिरावट आएको छ । जसका कारण धेरै शिक्षित युवाहरु बेरोजगार भएका छन् । कामको खोजीमा भौतारिइरहेका छन् । कतिपय युवाहरू सरसफाइ वा मामूली काम गर्न बाध्य छन् भने केही युवाहरू घरमै बेरोजगार बसिरहेका छन् । जसका कारण चीनमा कण्डमको बिक्री निकै बढेको छ ।
एकातिर अर्थतन्त्र नराम्रो चरणबाट गुज्रिरहेको भन्दै चिनियाँ अर्थशास्त्रीहरू आश्चर्यमा परेका छन् । अर्कोतर्फ, यहाँका युवाहरूले ठूलो परिमाणमा कण्डम किनिरहेका छन् । कोरोना अवधिदेखि चीनमा कण्डमको बिक्रीमा कुनै कमी आएको छैन। यहाँ दिन प्रतिदिन कण्डम कम्पनीहरुको नाफा तिव्र गतिमा बढिरहेको छ ।
ड्युरेक्स कन्डम निर्माता रेकिटले बुधबार भने, चीनको अर्थतन्त्रमा ठूलो गिरावट आएको छ। तर कण्डमको बिक्रीमा भने कमी आएको छैन । चीनमा ठूलो मन्दीको बाबजुद पनि मानिसहरू कण्डम किनिरहेका छन्। यसको बिक्रीमा लगातार वृद्धि भइरहेको छ। कण्डमको बिक्री लगातार बढ्दै गएपछि कम्पनी र लगानीकर्ता पनि चिन्तित छन् । उनीहरुले जनताको घट्दै गएको विश्वास बढाउन सरकारलाई आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्