जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १५:१४

पर्यटनमन्त्री भट्टराईको घोषणा : निजगढमै विमानस्थल बन्छ, सवै बाधा अवरोध पन्छाइन्छ


काठमाडौं, भदौ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको प्रष्ट पार्नुभएको छ । नेपाल वातावरणमा पत्रकार समूहले आज आयोजन ागरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो भनाई राख्नुभएको हो ।
निजगढ विमानस्थल निर्माणको उद्देश्य वन विनास नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले सय पुस्ताका लागि भनेर निजगढ विमानस्थल बनाउन लागेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो । ‘विमानस्थल निजगढमै बन्छ, बरु कम भन्दा कम रुख काटिन्छ, सरकारले यो विमानस्थल बनाउने विषयमा पर्याप्त अध्ययन गरेको छ,आवश्यक क्षतिपूर्ति बुझाएरै भएपनि विमानस्थल बनाइन्छ, हामी सम्बन्धित विज्ञसँग गोलमेच गर्न तयार छौं, भोलिका पुस्ताका लागि हेरेर एअरपोर्ट बन्छ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।