जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार २०:००

अर्थमन्त्रीले पठाएको पत्र राष्ट्र बैंकले वेवास्था गर्दा एटिएम काण्ड घटेको खुलासा


काठमाडौं, भदौ १९

अर्थमन्त्री डा. युवराज खतिवडाले पठाएको पत्रलाई नेपाल राष्ट्र बैंकले वेवास्था गर्दा एटिएम काण्ड मच्चिएको खुलेको छ । अर्थमन्त्री खतिवडाले आफूले १८ दिनअघि नै साइबर सेक्युरिटीमा सजग रहन भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको बताएपछि यस्तो खुलेको हो ।

‘अहिले व्यक्तिगत खाताको पैसा परेन भन्दैमा जोखिम छैन भन्ने कुरा छैन, यसबारे हामीले राष्ट्र बैंक र अन्य सरोवालासँग फलफल गरिरहेका छौँ, यस विषयमा कसरी जानु पर्छ भनेर १८ दिनअघि मैले साइबर सेक्युरिटीको बारेमा समास्या हुन सक्छन् भनेर राष्ट्र बैंकलाई पत्र पठाईसकेको थिएँ, सजक पनि गराएको थिएँ,’ नेपाल आर्थिक पत्रकार समाजको कार्यसमितिसँग भेटघाट गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

राष्ट्र बैंकले त्यसबेला नै केही सजगता अपनाएको भए अहिले यस्तो अवस्था नआउने उहाको भनाई छ । यद्यपी मन्त्ती खतिवडाले साइबर सेक्युरिटीमा राज्य चनाखो भएको जानकारी गराउनु भयो । ‘उहाँहरुले ध्यानदिनु भएको थियो होला, यसमा प्रहरीहरु देखि लिएर अन्य सबै सरोकारवालाहरुको पनि भुमिका हुन्छ हामीले सबैलाई सर्तक गराएका छौँ, त्यसले गर्दा अहिले अतिकति सकस हुने हो तर यसैले गर्दा बैकिङ कारोबार नै गर्न डराउनु पर्ने स्थिति भने होइन,’ उहाको भनाई छ ।