जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०८:३३

दोलखामा खोलाले जीप बगाउँदा एक जनाको मृत्यु, दुई घाइते


दोलखा, भदौ २० । दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।

जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिनुभयो । घाइतेको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर १० मिटर तल पुर्‍याएको थियो ।