काठमाडाैं, साउन २५ । महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा नेकपा एमालेकी नेतृ सरस्वती नेपालीले अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) प्राप्त गर्नुभएकाे छ ।
सामाजिक अभियन्ता नेपालीलाई बुधबार राति साे अवार्ड प्रदान गरिएकाे हाे । २० वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गरिरहेकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाँ सो अवार्ड प्राप्त गर्नुभएकाे हाे ।
नेपालीले जीएआरसी पुरस्कार पाउँदा निक्कै खुशी लागेकाे बताउनुभयाे । उहाँकाे प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जित्नुभएकाे थियाे । सम्मान र समानताको खोजीमा उहाँको योगदान, साहस र समर्पणको उदाहरण हाे ।













प्रतिक्रिया दिनुहोस्