जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १०:२७

प्रेम प्रस्ताव अस्विकार गरेपछि १५ वर्षे किशोरीमाथि दुई किशोरद्वारा एसिड प्रहार


वीरगञ्ज, भदौ २०

वीरगञ्ज, भदौ २० वीरगञ्जमा किशोरीमाथि दुई किशोरले एसिड प्रहार गरेका छन् । विद्यालय जाँदै गरेकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि शुक्रबार विहान एसिड प्रहार भएको हो ।

वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने खातुनमाथि २ जना किशोरले एसिड प्रहार गरेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अुनसार छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा ती युवकहरुले खातुनमाथि वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् ।

पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले एसिड प्रहार गर्ने छपकैया टोलकै १६ वर्षिय सम्साद मिया र मक्सेद आलम रहेको बताउनु भयो । एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुख्य अभियुक्त मिया पक्राउ परेका छन् भने अर्काको खोजी भईरहेको छ ।

उनीहरूले प्रहार गरेको एसिडले खातुनको अनुहार, छाती र हात, जलेको छ । हाल उनको उपचार भइरहेको छ र एसिड प्रहारबाट कुन स्तरको क्षति पुग्यो भन्ने स्पष्ट हुन १२ घण्टाको समय लाग्ने चिकित्सकले बताएका छन् । सम्सादले प्रहरीसमक्ष साथी माजिदले राखेको प्रेमप्रस्ताव अस्वीकार गरेको र बदला स्वरूप एसिड प्रहार गरेको बयान दिएका छन्।