जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १२:०३

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, मुस्कानसहित सबैलाई गर्नुभयो अभिवादन


काठमाडौं, भदौ २०

स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । उहा केही समय अगाडी थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा स्वागतका लागि उभिएका नेता कार्यकर्तालाई पनि उहाले मुस्कुराउदै अभिवादन गर्नुभयो ।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर जानु भएको थियो । उहाको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो । अस्पतालले उपचार सोचे अनुरुपको ठिक भएको भन्दै विहिवार डिस्चार्ज गरेको थियो । प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कनु भएको छ ।

प्रधानमन्त्रीका साथमा उहाकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत हुनुहुन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसक्नु भएको छ ।