काहुलई, २६ साउन । हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो ।
आगोको लप्का यति छिटो स¥यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए ।
“शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै शहरमा बमबारी ग¥यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ,“ क्यानेडियन ब्रान्डन विल्सनले भन्नुभयो ।
विल्सने आफ्नी पत्नीसँग आफ्नो २५ औं वार्षिकोत्सव मनाउन हवाई जानुभएको थियो । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उहाँले दृष्यलाई प्रत्यक्ष देख्न सक्नुभएको थियो ।
आँसु झार्दै उहाँले भन्नुभयो, “यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।”
यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई ठढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ ।
यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ ।
“आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो,” गभर्नर जोस ग्रीनले भन्नुभयो ।
“सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो,” हवाई अमेरिकाको ५० औं राज्य बनेको एक वर्षपछि भएको त्रासदीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो ।
माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।
लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुम्रपानको भग्नावशेषमा परिणत भएको देखाउँछ ।
ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ ।
उहाँले भन्नुभयो, “हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।”
हजारौं मानिस घरबारविहीन भएका छन् र ग्रीनले आवासको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको बताउनुभएको छ ।
उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले हजारौं विस्थापित व्यक्तिलाई बस्ने र खाने व्इवस्था गर्न आवश्यक छ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोलाई बिहीबार ‘ठूलो विपत्ति’ भन्दै राहत कार्यका लागि सङ्घीय सहायता खुला गरिएको घोषणा गर्नुभएको थियो ।
पोप फ्रान्सिसले शुक्रबार हवाईका जनताको सुरक्षाको लागि प्रार्थना गर्दै घटनाबाट आफू निकै मर्माहत भएको भ्याटिकनले जारी गरेको एक टेलिग्राममा उल्लेख छ ।
अमेरिकी तटरक्षक बलका कमान्डर अजा कर्कसीले सीएनएनलाई बताएअनुसार आगोको लप्काबाट जोगिन करिब १०० जना मानिस पानीमा हामफालेको अनुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्