काठमाडौं, २७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशी पुनः लाई दोहोरिने भएका छन् । संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेको भन्दै उहाँ दोहोरिने निर्णयमा पुग्नुभएको हो । खासमा उहाँ आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहनुहुन्थ्यो । तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई पुनः दोहोरिन चाहनुभएको हो ।
सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँनुहुन्छ । पछिल्लो समय कामभन्दा पनि प्रोपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताउनुभयो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गर्नुभएको छ ।
‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भन्नुभयो, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ । जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिनुहुन्छ । अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिनुहुने उहाँ लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल हुनुहुन्छ ।
चितवनमा जन्मिनुभएको जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका जानुभएको थियो । उहाँले अमेरिकामै आइटीको अध्ययन पूरा गर्नुभयो । र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काररेबारमा पनि संलग्न हुनुहुन्छ । उहाँको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ । जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गर्नुभएको हो ।
सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्यसमेत हो । यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय हुनुहुन्छ । उहाँसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ । जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी हुनुभएको थियो । आउने चुनावमा महासचिव पदका लागि चर्चामा अरू पनि छन् तर प्रवल आकांक्षीमा उहाँ उभिउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्