जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १६:१८

प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न प्रचण्ड बालुवाटारमा


काठमाडौं, भदौ २०

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बुझ्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएको केही समयमै प्रचण्ड बालुवाटार पुग्नु भएको थियो । भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले आफु स्वस्थ्य रहेको र नियमित रुपमा काम गर्न सक्ने भएको जानकारी गराउनु भएको थियो । भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उहाको सचिवालयले जनाएको छ।

यसैगरी भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि, पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री ओली उपचारका क्रममा सिंगापुरमै रहेका बेला सचिवालय बैठकले केही निर्णय गरेका थिए । सो विषयका बारेमा पनि जानकारी गराइएको बुझिएको छ । सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले ‘कार्यकारी’ अधिकार सुम्पिनु भएको थियो । भेटमा नेकपाका महासचिव विष्णु पौडेल समेत सहभागी हुनु भएको थियो ।