जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १७:१६

भीमफेदीमा सुमो पल्टिदा तीन जनाको मृत्यु


काठमाडौं, भदौ २०

काठमाडौं आउदै गरेको सुमो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जुडिखेलमा दिउँसो सुमो दुर्घटनामा परेको हो ।

सर्लाहीबाट काठमाडौंका आउदै गरेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा–कुलेखानी सडकखण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि रामेछापकी १० महिने समरागी माझी, महोत्तरीका ७० वर्षीय वीरसिह वाइबा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको समयमा टायर फुस्किएपछि सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

बालिकाको घटनास्थलमा मृत्यु भएको थियो भने वाइबा र सहनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते ६ जनाको हेटौंडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।