काठमाडौं, ३२ साउन । धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे–इनलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको सन्देश हस्तान्तरण गर्नुभएको छ । विहिबार पूर्व राष्ट्रपति मुन जे–इनको निवासमै पुगेर श्रेष्ठले अध्यक्ष ओलीको सन्देश दिनुभएको हो । भेटमा पूर्व राष्ट्रपति मुन जे–इनलाई मेयर व्यान्जुले भुकम्पले नेपाललाई शिथिल बनाएको समयमा दक्षिण कोरियाले हाम्रो देशको विकास गर्न दिनुभएको सहयोग र साथलाई धन्यवाद समेत दिनुभएको थियो ।
उक्त भेटघाटमा नेपालको तर्फबाट नेपाली प्रवासी मञ्च (ओएनएफ) कोरियाका अध्यक्ष सृजना नेपालि, धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठ र भेरि नगरपालिकाका मेयर सि पि घर्ति मगर रहनुभएको थियो भने कोरियाको तर्फबाट पूर्व राष्ट्रपति मुन जे–इन, कोरियन नेता योङ्ग सोङ्ग इल, कोरियालि डेमोक्रेटिक पार्टीका केन्द्रीय नेता तथा बुद्धिजीविको उपस्थिति रहेको थियो । भेटघाटका क्रममा पूर्व राष्ट्रपति मुन जे–इनले नेपाललाई आफ्नो पूर्ण सहयोग रहने सुभेच्छ्या प्रकट गर्नुभएको युनाइटेड सिटिज एण्ड लोकल गर्भमेन्टन्स् एसिया–प्यासिफिकको अध्यक्षसमेत रहनुभएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘दक्षिण कोरियाका पूर्व राष्ट्रपतिसँग हाम्रो भेटघाटका क्रममा नेपालको समसामयिक विषयमा छलफल भयो । नेपालको यथार्थ र दुई देशको सम्बन्ध राम्रो होस भन्नेमा केन्द्रित रहेर कुरा भयो ।’ उहाँले थप्नुभयो,‘नेकपा एमाले अध्यक्ष आदरणीय केपी शर्मा ओलीको सन्देश दिएँ, उहाँ एकदमै खुसि हुनुभयो । र उहाँले यो दुई देशको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ भन्नुभयो । सामाजिक, आर्थिक विकासमा सकारात्मक भूमिका हुनेसमेत विश्वास दिलाउनुभयो । केपी शर्माओलीको शुभकामना सन्देशप्रति आभार प्रकट गर्नुभयो । ’
दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे–इनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत समेत धुलिखेल शहर नगरपालिकाका मेयरसँग भेटघाट भएको र नेपालको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्देश प्राप्त भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य रहनुभएको एमाले अध्यक्ष ओलीको पत्रले खुसि भएको पनि सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्