काठमाडौं, १ भदौ । प्रवासी नेपाली मञ्च (ओएनएफ) कोरियाको अध्यक्ष सृर्जना नेपाली (एलिशा) सामाजिक कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँ अहिले नेपाल र नेपालीको विकास समृद्धिको लागि विदेशी भूमि कोरियामा रहेर पनि सक्रिय हुनुहुन्छ ।
अहिले सामाजिक क्षेत्रमा काम गर्दै उहाँले आफ्नो समय दिएर ओएनएफलाई अगाडि बढाइरहनुभएको छ । उहाँले आफ्नो संयोजनमा नेपालको विकासका लागि कोरियाली सहयोगका क्षेत्रहरू पहिल्याउने, त्यसका लागि कोरियाली सरकारसँग राजनीतिक सम्बन्ध विस्तारको लागि पहल कदमी लिइरहनुभएको छ । प्रवासमा रहनुभएका हरेक नेपालीले देशको विकासको लागि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने भन्दै उहाँले उत्प्रेरकको भूमिका निभाउँदै अभियान नै सञ्चालन गर्नुभएको छ ।
सृजनाले नेपालको लागि शिक्षा, औद्योगिक क्षेत्र, सामाजिक एवं सांस्कृतिक पक्षका कामको सुरु गर्नुभएको छ । कोरियाको राजनीतिक व्यक्तित्वलगायत विभिन्न व्यापारीहरुको साथ र सहयोगमा उहाँ अहिले सामाजिक काममा सक्रिय रहेर अगाडि बढिरहनुभएको छ । उहाँको कामलाई अहिले नेपाली राजनीतिकर्मी र कोरियाली प्रवासी नेपालीले पनि सह्राना गर्न थालेका छन् ।
संसारभरी छरिएर रहेका प्रवासी नेपाली माझ सृजना उदाहणिय व्यक्तित्व बन्दै जानु भएको छ सृजना । सृजनाले जस्तै देशमा केही भएन भन्दा पनि आ–आफ्नो ठाउँबाट केही गरौं भन्ने भावना हरेक प्रवासी नेपालीमा हुने हो भने देशको काँयापलट हुन बेर नलाग्ने नेपाली माझ चर्चा चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्