प्योङयाङ, २ भदौं । अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उहाँ धान खेतमा देखिनुभएको छ । उहाँको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उहाँ धानबाली हेर्न धानबारीमा पुगेको हुन सक्ने जनाइएको छ ।
समाचार अनुसार खाध्य उत्पादन बढाउनका लागि उहाँले सेनालाईसमेत परिचालन गर्नुभएको छ । सो कार्यमा उपलब्धी हासिल भएको देखिएपछि सेनाको प्रशंसा गर्दै उहाँले आफू माथिको जिम्मेवारी थपिएको बताउनुभयो । ‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उहाँले भन्नुभयो । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ ।
यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् । यसबाहेक किमको बारेमा भनिएको छ कि उहाँले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहनुभएको छ र यसले आम जनताको जीवनमा असर गरिरहेको छ ।
समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ । यसैबिच उता हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसकाकारण करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।













प्रतिक्रिया दिनुहोस्