जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १९:३७

बर्तमान विश्व व्यवस्थामा जी ट्वान्टी


जी ट्वान्टीमा सबभन्दा अधिक चर्चा सौर्य ऊर्जा, वातावरण परिर्वतन ग्लोवल साउथको बारेमा भएको पाइन्छ भारतको अध्यक्षताले गर्दा ग्लोवल साउथको आवाज जी ट्वान्टीमा ध्वनित भएको अर्थात् वर्तमान विश्व व्यवस्थामा जी ट्वान्टीको भूमिका उल्लेखय रहेको

विपिन देव

सोभियत रुसको बिघटन पश्चात विश्व व्यवस्था एक धूर्विय (यूनिपोलर) हुन गयो । सन् १९९० देखि २००० सम्म अमेरिकी वर्चश्व र दवदवाको अनवरत वृद्धि भयो । सन् २००१ म शक्ति र सार्मथ्यको धरोहरको रूपमा रहेका अमेरिकाको पेनटागनमा सेभेन ऐलेभनको हमला पश्चात अमेरिकी दवदवा कमजोर हुदै गयो । सन् २००८ को आर्थिक मन्दीले अमेरिकालगायत यूरोपेली अर्थतन्त्र अभूतपूर्व रूपले प्रभावित भयो । अमेरिकामा नामुद कम्पनी र वित्तिय संस्थाहरू दिवालीयापनको संघारमा गयो ।

एकातर्फ अमेरिका र यूरोप आर्थिक मन्दीमा जानु र अर्का तर्फ चीन विश्व व्यापार संघको सदस्यता पाइ यूरोपेली र अमेरिकी बजारमा प्रवेश पाउनु आफैमा रोचक घटना देखिएको छ । सन् २००१ म विश्व व्यापार संघको सदस्यता पाए पनि चीनको सक्रियता सन् २००८ उपरान्त नै अमेरिका र यूरोपमा बढेको देखिन्छ । साथै सन् २००८ मा नै चीनले आफ्नो अब्बल क्षमतालाई पर्दशन गर्दै ओलम्पिकको सफल आयोजना गरिसकेको थियो । विश्व आर्थिक मन्दीले प्रभावित भएता पनि चीनको विकास यात्रा उकालो लागेको थियो । सन् २०१२ मा राष्ट्रपति सीको आगमनका साथै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा एक नयॉ अभ्यास र अध्याय थपियो ।

सन् २०१३ मा राष्ट्रपति सीले वि.आर. आए.(शिल्क मार्ग)को भीमकायी योजनाको प्रस्तावना राखेर चीनिया आर्थिक र सामरिक महत्वांकाक्षलाई उद्घोष गर्यो । ५ ट्रिलियन अमेरिकी डलरको उक्त योजनाको उद्देश्य, कार्यविधि र रुपरेखालाई विश्व सञ्चार गृहले यथेष्ठ ठाउ‘ दिएको देखिन्छ । वि.आर.आए. परियोजनामा अफ्रिका र एसियाका सानो र कमजोर आर्थिक आकार भएका अर्थतन्त्रहरू सहभागी भएका छन् । साथसाथै राष्ट्रपति सीको आगमनका साथै चीनको दक्षिण सागरको नीतिमा समेत व्यापक परिर्वतन देखिएको   छ । सन् २०१६ देखि दक्षिण चीन सागरमा चीनको सैन्य भण्डारण र अभ्यास बढिरहेको छ ।

चीनको दक्षिण चीन सागरको नीतिले गर्दा सासीयानका मुलुकहरू फिलिपिन्स भियतनाम लगायत अन्य मुलुकहरू समेत आक्रान्त देखिन्छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय कानुनको आधारमा हेगमा चीन विरुद्ध अपिल गरेका थिए । चीनले अन्तर्राष्ट्रिय कानुनको उलङ्गन गरेको ठहर हेगको रहेको थियो । अर्थात् फैसला फिलिपिन्सको पक्षमा भएता पनि चीन टसमस भएन । दक्षिण चीन सागरमा २००० किलोमिटछरसम्म चीन आफ्नो अधिनमा राखी सैनिक अभ्यासलाई जारी रहेको छ । स्पार्टली टापु र पार्सेल टापुमा चिनको अधिकार नभएता पनि चिनले सैनिकीकरण गरेको छ । साथसाथै दक्षिण चीन सागरमा चीनले कृतिम टापूहरूको समेत निर्माण गरिरहेको छ । चीनको दक्षिण सागरको नीतिको पराकम्पनले गर्दा विश्व व्यवस्थामा अर्को समीकरणको निर्माण भयो ।

अर्थात् चीनिया प्रभावलाई सन्तुलन गर्न प्रजातान्त्रिक कित्तामा रहेमा मुलुकहरू बिच एक सहमति भयो । उक्त सहमतिको आधारमा कर्वाडको निर्माण भयो । कर्वाड भन्नाले चर्तुभूजीय समीकरण हो । अर्थात् कर्वाडका सदस्यहरूमा अमेरिका, भारत, अष्ट्रेलीया र जापान रहेको छ । कर्वाडको सक्रियता अनवरत रूपले कढिरहेको छ । कर्वाडको साथै अष्ट्रेलीयाको सक्रियतामा अक्सको समेत निर्माण भएको छ । चिनसंग बढ्दो तनावले गर्दा अष्ट्रेलीयाले आफ्नो सैनिक खर्चमा अभिवृद्धि गर्नुका साथै न्यूकिलियर पानी जहाजको लागि अमेरिका र वेलायतसंग सम्झौता गरेको छ । उक्त सम्झौताको नाम अक्स रहेको छ ।

कर्वाड र अक्सको साथै हिन्दमहासागरीय नीतिमा समेत व्यापक परिर्वतन देखिएको छ । सन् २००४ मा सूनामी भए उपरान्त भारतको जलसेनाले व्यापक सक्रियता देखाएको थियो । सूनामीमा राहत र उदार कार्यको सक्रियताले गर्दा भारतले एक नयॉ प्रतिष्ठा आर्जन गरेको थियो । सन् २००७ मा भारतीय संसदलाई सम्बोधन गर्ने कर्ममा जापानी प्रधानमन्त्री आबेले हिन्दमहासागरीय अवधारणाको बारेमा चर्चा गरेका थिए । अर्थात् हिन्दमहासगरीय नीति अनुरुप हिन्द महासागरको क्षेत्रमा रहेका मुलुकहरू बिच सदभाव बढाउनुका साथै विश्व व्यापारको जीवन रेखा हिन्दखमहासागर भएकोले गर्दा उक्त क्षेत्रको शान्ति र सुरक्षाको जिम्मा प्रजातान्त्रिक कित्तामा भएका मुलुकहरूले लिनु पर्ने नीति रहेको छ । हिन्द महासागरीय क्षेत्रमा समेत चीनले आफ्नो पहुच र पकडलाई बलियो बनाउ‘दै लगिरहेको छ ।

जिवृजिमा त चीनको सैन्य भण्डारण नै रहेको छ । भारत हिन्द महासागरको काखमा रहेकोले गर्दा अमेरिका लगायत जापान र अष्ट्रेलीयाले समेत हिन्दमहासागरीय क्षेत्रमा भारतको नेतृत्वलाई अनुमोदित गरेको छ । कर्वाड, अक्स र हिन्द महासागरीय नीतिले गर्दा चिन र अमेरिका बिच कटुता दिन प्रति दिन बढिरहेको छ । चिन र अमेरिकीको कटुता र द्वन्दको वारेमा अष्ट्रेलीयाका पूर्व प्रधानमन्त्री रविन कुडले “अनष्भोभडेवल वार” नामक एक पुस्तक प्रकासित गरेका छन् । तर वर्तमान अवस्थामा अमेरिका र चीनको कटुताका सन्र्दभमा ग्राहम एलिसनले एउटा रोचक पुस्तक “डिसटाइनड बार” प्रकासित गरेका छन् ।

ग्रिक मिथकको आधारमा तयार पारिएका उक्र पुस्तकले व्यापक चर्चा पाएको छ । सन् २०१७ मा प्रकासित भएको ग्राहम एलिसनको पुस्तकले एथेन्स र सर्पाटाको युद्धलाई आधार बनाएर अमेरिका र चीनको कटुताको चर्चा गरेका छन् । वर्तमान विश्व व्यवस्थामा अमेरिका र भारतको सम्बन्धले नयॉ उचाइ लिएको छ । सन् २००० मा अमेरिकी राष्ट्रपति किलन्टनको भारत यात्रा पश्चात भारत अमेरिकी सम्बन्धले फडको मारेको देखिन्छ । राष्ट्रपति किलन्टको यात्रा उपरान्त सन् २००५ मा भारत अमेरिका बिच “सिभिल न्यूकिलियर सम्झौता” सम्पन्न भएको छ । उक्त सम्झौता पश्चात भारत न्यूकिलियर साम्रगी खरिदको लागि स्वीकृति पाएको देखिन्छ ।

सन् २००८ मा अमेरिकी क्मकासा र वेका जस्तो कानुनलाई संसोधन गरेर भारतको लागि न्यूकिलियर साम्रगी र प्रविधि उपलब्ध गराउ‘ने मार्ग प्रशस्त गरेको देखिन्छ । सन् २०१० मा अमेरिकी राष्ट्रपति ओभामाको भारत यात्राले गर्दा भारत अमेरिकी सम्बन्धले नयॉ उचाई हासिल गरेको देखिन्छ । भारतीय संसदलाई सम्वोधन गर्दै भारत अमेरिकाको सम्बन्धलाई ओभामाले “डिफाइनिग पार्टनसिप”को रूपमा व्याख्या गरेका थिए । सन् २०१६ जुनमा भारतका प्रधानमन्त्री मोदीले भारत अमेरिकी सम्बन्ध “इनडिसपेनसेवेल पार्टनरपिस” भनेका छन् । अमेरिका र भातर विच टुंटु को सम्बन्ध समेत रहेको छ । अर्थात् प्रत्येक वर्ष भारत र अमेरिकाका परराष्ट्रमन्त्री र रक्षा मन्त्री बिच सम्वाद हुने गर्दछ ।

रसिया न्यूक्रेन युद्ध र कोविड महामारी उपरान्त विश्व राजनीतिमा संयुक्त राष्ट्र संघ सम्बन्ध निकाइहरूको शक्ति र सार्मथ्य स्वर्खलित भइरहेको छ । विश्व स्वास्थ्य संगठन लगायत अन्य संस्थाहरू विवादको घेरामा आएको छ । परिवेश र अवस्थामा जी ट्वान्टीको सक्रियता बढेको देखिन्छ । जी ट्वान्टीमा यूरोेपेली यूनियन लगायत २० मुलुकहरूको सहभागिता रहेको छ । सन् २०२३ मा जी ट्वान्टीको अध्यक्षता भारतले ग्रहण गरेको छ । ६० वटा सहरहरूमा २०० भन्दा अधिक कार्यक्रमहरू सञ्चालन गरेर जी ट्वान्टीको मूमिका र प्रभावलाई बढाउ‘ने काम भएको छ । आउने सेप्टेम्बरमा सुरक्षा परिषद्का सम्बद्ध सबै राष्ट्र प्रमुखहरूको आगमनको अपेक्षा भारतले गरेको छ । जी ट्वान्टीमा सबभन्दा अधिक चर्चा सौर्य ऊर्जा, वातावरण परिर्वतन र ग्लोवल साउथको बारेमा भएको पाइन्छ । भारतको अध्यक्षताले गर्दा ग्लोवल साउथको आवाज जी ट्वान्टीमा ध्वनित भएको छ । अर्थात् वर्तमान विश्व व्यवस्थामा जी ट्वान्टीको भूमिका उल्लेखय रहेको छ ।