जी ट्वान्टीमा सबभन्दा अधिक चर्चा सौर्य ऊर्जा, वातावरण परिर्वतन र ग्लोवल साउथको बारेमा भएको पाइन्छ । भारतको अध्यक्षताले गर्दा ग्लोवल साउथको आवाज जी ट्वान्टीमा ध्वनित भएको छ । अर्थात् वर्तमान विश्व व्यवस्थामा जी ट्वान्टीको भूमिका उल्लेखय रहेको छ
विपिन देव
सोभियत रुसको बिघटन पश्चात विश्व व्यवस्था एक धूर्विय (यूनिपोलर) हुन गयो । सन् १९९० देखि २००० सम्म अमेरिकी वर्चश्व र दवदवाको अनवरत वृद्धि भयो । सन् २००१ म शक्ति र सार्मथ्यको धरोहरको रूपमा रहेका अमेरिकाको पेनटागनमा सेभेन ऐलेभनको हमला पश्चात अमेरिकी दवदवा कमजोर हुदै गयो । सन् २००८ को आर्थिक मन्दीले अमेरिकालगायत यूरोपेली अर्थतन्त्र अभूतपूर्व रूपले प्रभावित भयो । अमेरिकामा नामुद कम्पनी र वित्तिय संस्थाहरू दिवालीयापनको संघारमा गयो ।
एकातर्फ अमेरिका र यूरोप आर्थिक मन्दीमा जानु र अर्का तर्फ चीन विश्व व्यापार संघको सदस्यता पाइ यूरोपेली र अमेरिकी बजारमा प्रवेश पाउनु आफैमा रोचक घटना देखिएको छ । सन् २००१ म विश्व व्यापार संघको सदस्यता पाए पनि चीनको सक्रियता सन् २००८ उपरान्त नै अमेरिका र यूरोपमा बढेको देखिन्छ । साथै सन् २००८ मा नै चीनले आफ्नो अब्बल क्षमतालाई पर्दशन गर्दै ओलम्पिकको सफल आयोजना गरिसकेको थियो । विश्व आर्थिक मन्दीले प्रभावित भएता पनि चीनको विकास यात्रा उकालो लागेको थियो । सन् २०१२ मा राष्ट्रपति सीको आगमनका साथै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा एक नयॉ अभ्यास र अध्याय थपियो ।
सन् २०१३ मा राष्ट्रपति सीले वि.आर. आए.(शिल्क मार्ग)को भीमकायी योजनाको प्रस्तावना राखेर चीनिया आर्थिक र सामरिक महत्वांकाक्षलाई उद्घोष गर्यो । ५ ट्रिलियन अमेरिकी डलरको उक्त योजनाको उद्देश्य, कार्यविधि र रुपरेखालाई विश्व सञ्चार गृहले यथेष्ठ ठाउ‘ दिएको देखिन्छ । वि.आर.आए. परियोजनामा अफ्रिका र एसियाका सानो र कमजोर आर्थिक आकार भएका अर्थतन्त्रहरू सहभागी भएका छन् । साथसाथै राष्ट्रपति सीको आगमनका साथै चीनको दक्षिण सागरको नीतिमा समेत व्यापक परिर्वतन देखिएको छ । सन् २०१६ देखि दक्षिण चीन सागरमा चीनको सैन्य भण्डारण र अभ्यास बढिरहेको छ ।
चीनको दक्षिण चीन सागरको नीतिले गर्दा सासीयानका मुलुकहरू फिलिपिन्स भियतनाम लगायत अन्य मुलुकहरू समेत आक्रान्त देखिन्छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय कानुनको आधारमा हेगमा चीन विरुद्ध अपिल गरेका थिए । चीनले अन्तर्राष्ट्रिय कानुनको उलङ्गन गरेको ठहर हेगको रहेको थियो । अर्थात् फैसला फिलिपिन्सको पक्षमा भएता पनि चीन टसमस भएन । दक्षिण चीन सागरमा २००० किलोमिटछरसम्म चीन आफ्नो अधिनमा राखी सैनिक अभ्यासलाई जारी रहेको छ । स्पार्टली टापु र पार्सेल टापुमा चिनको अधिकार नभएता पनि चिनले सैनिकीकरण गरेको छ । साथसाथै दक्षिण चीन सागरमा चीनले कृतिम टापूहरूको समेत निर्माण गरिरहेको छ । चीनको दक्षिण सागरको नीतिको पराकम्पनले गर्दा विश्व व्यवस्थामा अर्को समीकरणको निर्माण भयो ।
अर्थात् चीनिया प्रभावलाई सन्तुलन गर्न प्रजातान्त्रिक कित्तामा रहेमा मुलुकहरू बिच एक सहमति भयो । उक्त सहमतिको आधारमा कर्वाडको निर्माण भयो । कर्वाड भन्नाले चर्तुभूजीय समीकरण हो । अर्थात् कर्वाडका सदस्यहरूमा अमेरिका, भारत, अष्ट्रेलीया र जापान रहेको छ । कर्वाडको सक्रियता अनवरत रूपले कढिरहेको छ । कर्वाडको साथै अष्ट्रेलीयाको सक्रियतामा अक्सको समेत निर्माण भएको छ । चिनसंग बढ्दो तनावले गर्दा अष्ट्रेलीयाले आफ्नो सैनिक खर्चमा अभिवृद्धि गर्नुका साथै न्यूकिलियर पानी जहाजको लागि अमेरिका र वेलायतसंग सम्झौता गरेको छ । उक्त सम्झौताको नाम अक्स रहेको छ ।
कर्वाड र अक्सको साथै हिन्दमहासागरीय नीतिमा समेत व्यापक परिर्वतन देखिएको छ । सन् २००४ मा सूनामी भए उपरान्त भारतको जलसेनाले व्यापक सक्रियता देखाएको थियो । सूनामीमा राहत र उदार कार्यको सक्रियताले गर्दा भारतले एक नयॉ प्रतिष्ठा आर्जन गरेको थियो । सन् २००७ मा भारतीय संसदलाई सम्बोधन गर्ने कर्ममा जापानी प्रधानमन्त्री आबेले हिन्दमहासागरीय अवधारणाको बारेमा चर्चा गरेका थिए । अर्थात् हिन्दमहासगरीय नीति अनुरुप हिन्द महासागरको क्षेत्रमा रहेका मुलुकहरू बिच सदभाव बढाउनुका साथै विश्व व्यापारको जीवन रेखा हिन्दखमहासागर भएकोले गर्दा उक्त क्षेत्रको शान्ति र सुरक्षाको जिम्मा प्रजातान्त्रिक कित्तामा भएका मुलुकहरूले लिनु पर्ने नीति रहेको छ । हिन्द महासागरीय क्षेत्रमा समेत चीनले आफ्नो पहुच र पकडलाई बलियो बनाउ‘दै लगिरहेको छ ।
जिवृजिमा त चीनको सैन्य भण्डारण नै रहेको छ । भारत हिन्द महासागरको काखमा रहेकोले गर्दा अमेरिका लगायत जापान र अष्ट्रेलीयाले समेत हिन्दमहासागरीय क्षेत्रमा भारतको नेतृत्वलाई अनुमोदित गरेको छ । कर्वाड, अक्स र हिन्द महासागरीय नीतिले गर्दा चिन र अमेरिका बिच कटुता दिन प्रति दिन बढिरहेको छ । चिन र अमेरिकीको कटुता र द्वन्दको वारेमा अष्ट्रेलीयाका पूर्व प्रधानमन्त्री रविन कुडले “अनष्भोभडेवल वार” नामक एक पुस्तक प्रकासित गरेका छन् । तर वर्तमान अवस्थामा अमेरिका र चीनको कटुताका सन्र्दभमा ग्राहम एलिसनले एउटा रोचक पुस्तक “डिसटाइनड बार” प्रकासित गरेका छन् ।
ग्रिक मिथकको आधारमा तयार पारिएका उक्र पुस्तकले व्यापक चर्चा पाएको छ । सन् २०१७ मा प्रकासित भएको ग्राहम एलिसनको पुस्तकले एथेन्स र सर्पाटाको युद्धलाई आधार बनाएर अमेरिका र चीनको कटुताको चर्चा गरेका छन् । वर्तमान विश्व व्यवस्थामा अमेरिका र भारतको सम्बन्धले नयॉ उचाइ लिएको छ । सन् २००० मा अमेरिकी राष्ट्रपति किलन्टनको भारत यात्रा पश्चात भारत अमेरिकी सम्बन्धले फडको मारेको देखिन्छ । राष्ट्रपति किलन्टको यात्रा उपरान्त सन् २००५ मा भारत अमेरिका बिच “सिभिल न्यूकिलियर सम्झौता” सम्पन्न भएको छ । उक्त सम्झौता पश्चात भारत न्यूकिलियर साम्रगी खरिदको लागि स्वीकृति पाएको देखिन्छ ।
सन् २००८ मा अमेरिकी क्मकासा र वेका जस्तो कानुनलाई संसोधन गरेर भारतको लागि न्यूकिलियर साम्रगी र प्रविधि उपलब्ध गराउ‘ने मार्ग प्रशस्त गरेको देखिन्छ । सन् २०१० मा अमेरिकी राष्ट्रपति ओभामाको भारत यात्राले गर्दा भारत अमेरिकी सम्बन्धले नयॉ उचाई हासिल गरेको देखिन्छ । भारतीय संसदलाई सम्वोधन गर्दै भारत अमेरिकाको सम्बन्धलाई ओभामाले “डिफाइनिग पार्टनसिप”को रूपमा व्याख्या गरेका थिए । सन् २०१६ जुनमा भारतका प्रधानमन्त्री मोदीले भारत अमेरिकी सम्बन्ध “इनडिसपेनसेवेल पार्टनरपिस” भनेका छन् । अमेरिका र भातर विच टुंटु को सम्बन्ध समेत रहेको छ । अर्थात् प्रत्येक वर्ष भारत र अमेरिकाका परराष्ट्रमन्त्री र रक्षा मन्त्री बिच सम्वाद हुने गर्दछ ।
रसिया न्यूक्रेन युद्ध र कोविड महामारी उपरान्त विश्व राजनीतिमा संयुक्त राष्ट्र संघ सम्बन्ध निकाइहरूको शक्ति र सार्मथ्य स्वर्खलित भइरहेको छ । विश्व स्वास्थ्य संगठन लगायत अन्य संस्थाहरू विवादको घेरामा आएको छ । परिवेश र अवस्थामा जी ट्वान्टीको सक्रियता बढेको देखिन्छ । जी ट्वान्टीमा यूरोेपेली यूनियन लगायत २० मुलुकहरूको सहभागिता रहेको छ । सन् २०२३ मा जी ट्वान्टीको अध्यक्षता भारतले ग्रहण गरेको छ । ६० वटा सहरहरूमा २०० भन्दा अधिक कार्यक्रमहरू सञ्चालन गरेर जी ट्वान्टीको मूमिका र प्रभावलाई बढाउ‘ने काम भएको छ । आउने सेप्टेम्बरमा सुरक्षा परिषद्का सम्बद्ध सबै राष्ट्र प्रमुखहरूको आगमनको अपेक्षा भारतले गरेको छ । जी ट्वान्टीमा सबभन्दा अधिक चर्चा सौर्य ऊर्जा, वातावरण परिर्वतन र ग्लोवल साउथको बारेमा भएको पाइन्छ । भारतको अध्यक्षताले गर्दा ग्लोवल साउथको आवाज जी ट्वान्टीमा ध्वनित भएको छ । अर्थात् वर्तमान विश्व व्यवस्थामा जी ट्वान्टीको भूमिका उल्लेखय रहेको छ ।













प्रतिक्रिया दिनुहोस्