जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०९:५९

जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नै नेकपामा प्रवेश


बैतडी, भदौ २२

राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्षसहित नेता–कार्यकर्ता नेकपामा प्रवेश गर्नुभएको छ । जिल्ला अध्यक्ष अर्जुन मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता–कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)ले टीका लगाई स्वागत गर्नुभयो ।