जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १०:१९

बडादशैको टिकाको साइत १० बजेर ३५ मिनेटमा


काठमाडौं, भदौ २२

नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो ।

पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो । असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको छ ।

१३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न आग्रह समेत गरेको छ । १६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिवार फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेट तय गरिएको छ । सोहि दिन तलेजु भवानीको यात्रा पनि सुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।