जनता टाइम्स

१४ भाद्र २०८०, बिहीबार ०७:३८

प्रज्ञान रोभरले चन्द्रमामा सल्फर भेट्यो, चन्द्रमाको उत्पत्ति र विकास बारेमा जानकारी प्राप्त हुने


काठमाडौँ, भदौ १४ । भारतले चन्द्रमा पठाएको प्रज्ञान रोभरले दक्षिणी ध्रुव नजिकै सल्फर भेटेको छ । इन्डियन स्पेस अर्गाइनेसन (इसरो)ले चन्द्रयान ३ रहेको रोभरमा लेजरजडित ब्रेकडाउन स्पेक्ट्रोकपीले पहिलो पटक सतहमा सल्फर भेटेको जनाएको हो ।

प्रज्ञान रोभरल आल्मुनियम, आइरन, क्याल्सियम, क्रोमियम, टिटानियम, म्याग्नेसेस, अक्सिजन र सिलिकनसहितका तत्वहरु पनि चन्द्रमा सतहमा भेटेको छ । जसमा सल्फर भेट्नु निकै महत्त्वपूर्ण छ । त्यसले चन्द्रमा उत्पत्ति र विकासको बारेमा जानकारी दिने जनाइएको छ । सौर्य मण्डलमा सल्फर जतासुकै पाइने भए पनि चन्द्रमामा दुर्लभ मानिन्थ्यो । जसले चन्द्रमा उत्पत्तिको मात्रै भएर त्यसको भूगर्भ तथा रसायनको विषयमा पनि जनकारी गराउने छ । भारतले गत बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा नजिकै चन्द्रयान ३ अवतरण गराएको थियो । चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश हो । यसअघि चन्द्रमा यान पठाएका रुस, अमेरिका र चीनले यानले अवतरण गराएका थिए ।भारतले पठाएको प्रज्ञान रोभरले चन्द्रमा सतहमा विभिन्न पठाउँदै आएको छ । सो रोभर बढीमा १४ दिनसम्म सञ्चालनमा रहने छ ।