जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०६:४७

पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई पितृशोक


काठमाडौं, भदौ २३ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका पिता यामप्रसाद आचार्यको निधन भएको छ । आचार्यका पिता यामप्रसादको ६८ वर्षको उमेरमा आज काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो ।

उहाँको आज विहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।