जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०८:२३

गौरादह नगरपालिकाको गाडीमा आगजनी र विस्फोट


झापा, भदौ २३

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम विस्फोट भएको छ । प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा गएराति पहिचान नखुलेको समुहले विस्फोट गराएको हो । विस्फोटबाट गाडीमा क्षति पुगेपनि कुनै मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

विष्फोटले गौरादह नगरपालिकाकाको बा २ झ २५७० नम्बरको जिप पूर्ण रुपमा क्षति भएको छ। अधिकृत बस्ने घरमा अगाडि पार्किङ गरी राखिएको गाडीमा बिष्फोट गराइएको थियो। कार्यालयभित्र समेत शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली झिकाएको छ। सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि बम विस्फोट हुदा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार राति साढे १२ बजे बम विष्फोट भएको हो।

बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको छ। शक्तिशाली बम विष्फोट गराइएका कारण साहारा नेपालको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ।