जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १०:४८

माउन्टेन एयरको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण


दैलेख, भदौ २३

खराब मौषमका कारण माउन्टेन एयरको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरेको छ । ‘नाइनएन–एएलडी’ कल साइन भएको हेलिकप्टर दैलेखमा आज विहान आठ बजेतिर आकस्मिक अवतरण गरिएको हो ।

हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो। हेलिकप्टरमा चालक दलका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरीको नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।