जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १६:२८

मोरोक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु


मोरक्को, २३ भदा । मोरोक्कोमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ । भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ ।

भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।