जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार ०९:४१

विद्युत प्राधिकरणका इलेक्ट्रिसियन घुससहित पक्राउ


शुभ नारायण कामती \ सिरहा, भदौ २३

अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले नेपाल बिद्युत प्राधिकरण सिरहा वितरण केन्द्र अन्तर्गत औरही सेवा केन्द्रका एक इलेक्ट्रिसियन लाई घुससहित रङ्गेहात पक्राउ गरेका छन् ।

औरही सेवा केन्द्र इलेक्ट्रोसियन छेदी लाल साहलाई सोमवार घुसको रकमसहित पक्राउ गरेको हो । जागिर लगाइदिने भन्दै सिरहाको बिष्णुपुर गाउँपालिका–१ स्थित एक चिया नास्ता होटलबाट ८० हजार घुस सहित पक्राउ परेका हुन् । उनिमाथी थप अनुसन्धान भईरहेको अख्तियारले जानकारी दिएको छ ।