काठमाडौं, भदौ २४
महानगरीय अपराध महाशाखाको हिरासतसहितको अत्याधुनिक भवन बन्ने भएको छ । काठमाडौंको टेकुमा आफ्नै हिरासत कक्षसहित बन्ने अत्याधुनिक भवन बन्ने भएको हो ।
यसैगरी काठमाडौं प्रहरी परिसरको पनि भवन बन्ने भएको छ । भद्रकालीमा नेपाल आर्मीको हेडक्वाटर नजिकै काठमाडौं प्रहरी परिसरको पनि नयाँ भवन बन्ने भएको छ। दुवै भवनको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो । एकवर्षभित्र निर्माण सक्ने गरी भवन निर्माण शुरु भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले प्रहरीका यी दुई भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अहिलेसम्म अपराध महाशाखाको आफ्नै हिरासत कक्ष थिएन । ३ सय भन्दा बढी थुनुवा अट्ने गरी अत्याधुनिक भवन बन्न लागेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनु भयो । २०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पुर्याएपछि यी दुई सुरक्षा निकाय टेकु सरेका थिए । टेकुस्थित नेशनल ट्रेनिङको भवनको केही भाग लिएर काठमाडौं प्रहरी परिसरले आफ्नो काम थालको थियो भने सो भित्रै रहेको एउटा पार्टी प्यालेसको आधा भागमा अपराध महाशाखाले पनि काम सुरू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्